सशस्त्रमा वरिष्ठ सइदेखि सहायक हवलदारसम्म २१९६ जनाको बढुवा (सूचीसहित)

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) देखि सशस्त्र प्रहरी सहायक हवलदारसम्म दुई हजार १९६ जनाको बढुवा भएको छ । बढुवा हुनेमा वरिष्ठ सइमा ११ जना, सइमा ३४ जना, लेखा उपसमूहतर्फ सइमा ६ जना छन् । त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवलदारमा ६०३ जना, हवलदारमा ७५९ जना र सहायक हवलदारमा ७८३ जना बढुवा भएका हुन् ।

मुख्यालयले बढुवा हुनको लागि १९ जेठमा सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको वरिष्ठ सई र सई तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सइमा बढुवा हुनको लागि १० दिन भित्र बढुवा फारम भर्न उल्लेख गरेको थियो ।

त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनको लागि १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको हो ।

बढुवा मूल्यांकन फारमको लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी बढुवा समितिको सचिवालयमा पेश गर्न समेत भनिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम