भाँचिएको पुल निर्माणमा ढिलाई यातायात व्यवसायी र सर्वसाधारणलाई लगातार सास्ती

मकवानपुर । महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको सबैभन्दा लामो दुम्किबासको विनयी खोलामा पक्की पुल ढलान ढीलो भएको प्रति यातायात व्यवासायीहरुको ध्यानाकर्षण भएको छ ।

पुल भाँचिएपछि हिउँदमा खोलाबाट सवारी चलाइएको भए पनि वर्षा लागेसँगै समस्या बढेको छ । यही राजमार्ग अवरुद्ध भएको कारण अहिले भैरहवा नाकाबाट भित्रने सामग्रीहरु ढुवानीमा समस्या भएको छ । यता यातायात व्यवसायीहरुको मालवाहक गाडीहरु, यात्रु वाहक बसहरु समेत ग्यारेजमा थन्किएपछि रोजगारीमै समस्या भएको छ ।

सर्वसाधारणको समस्या प्रति गम्भिर हुन सम्बद्ध निकायलाई नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका अध्यक्ष गोकर्ण पराजुलीले अनुरोध गरे । “ऋणमा लिइएका यातायातहरु राजमार्गको कारण ग्यारेजमा थन्किएपछि व्यवसायीहरु झनै ऋणमा डुब्दै जान्छन्” अध्यक्ष पराजुलीले भने “पहुँच हुनेहरु माथि माथि उड्छन्, सर्वसाधारणहरुको जीवनको कष्ट कसले बुझ्ने ?”

राजमार्ग बन्दको कारण यातायात मजदुरहरु आफ्नो दैनिकी गुजार्नै समस्या हुने अवस्थामा पुगेको गुनासाहरु आउन थालेको अध्यक्ष पराजुलीले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने दुम्कीबासको पुल भाँचिएको ६ महिना पुग्न लाग्दा पनि सरकारले विकल्प नदिँदा गाडी चालक र यात्रुहरूले सास्ती खेप्नुपरेको छ । गएको पुस २६ गते विनयी खोलाको पुल भाँचिएको थियो । पुल भाँएिपछि बनाएको डाइभर्सन दर्जन पटक बगिसकेको छ । डाइभर्सन बगेपछि आवातजावात ठप्प हुने र गाडीको लामो लाइन लाग्ने गरेको थियो । यसैमा सास्ति भोग्दै आएका सर्वसाधारणले पछिल्लो साताबाट राजमार्ग नै बन्द भएपछि थ िमार खेप्नु परेको छ । यो राजमार्गमा दैनिक झन्डै १८ हजार गाडी चल्ने गरेको थियो ।

भैरहवा–चितवन–हेटौंडा रुटमा ट्रक चलाउँदै आउनुभएका केशव श्रेष्ठले पछिल्लो साता घरैमा बस्नु पर्दा आर्थिक समस्या भएको बताउनु भयो । “बाटो नै बन्द छ, काम गर्नै पाएको छैन, आर्थिक समस्याको कुरा कसलाई सुनाउनु” उनले भने “एक पटक त गाडी साहुलाई गुनासो गरेर केही पैसा अग्रीम लिएँ, कति पटक यसरी चलाउनु ।”

भैरहवाबाट काठमाण्डौ पुग्न एक साता लागेपछि अहिले आफू काठमाण्डौमा थन्किनु परेको अर्का ट्रक चालक विबेक कठायतले बताए । “एकै ठाउँमा ४ दिन त बर्दघाटमै रोकिएँ, ट्रकमा आलु र प्याज बोकेको थिएँ, आधा त कुहियो होला” कठायतले भने “ट्रकमा भएको आलु र प्याज कुहिएर गन्हाउँदा गाडीमै सुत्नसमेत समस्या भएको थियो ।” अहिले काठमाण्डौमा अल्झिनु पर्दा आर्थिक समस्या भएको उनले बताए ।

“प्राकृतिकसँग त कसले सक्छ र, तर मौसमी पूर्वानुमान त थियो नि, सोही अनुसारको रफ्तारमा काम नहुँदा यो सास्तिको शिकार जनता हुनु परेको हो” नेपाल यातायात राष्ट्रिय महासंघका केन्द्रीय सदस्य समेत रहेका पराजुलीले बताए ।

विनय खोलामा ५२ वर्षअघि निर्माण भएको फलामे पुल ६ महिनाअघि भाँच्चिएका कारण त्यहाँ डाइभर्सन सडकबाट आउजाउ भइरहेको थियो । गतसाता यात्रु बोकेको बस डाइभर्सनबाट बगाएपछि अहिले यो राजमार्गबाट साना सवारीहरुमात्रै सुचारु छन् । मालवाहक ट्रक र यात्रुबाहक बसहरु पूर्ण रुपमा बन्द रहेको पूर्वी नवलपरासी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

आगामी शनिबारबाट पुल सञ्चालनमा ल्याइनेछ : प्रवक्त खनाल
विनयी खोलामा निर्माण भएको नयाँ पक्की पुल आउँदो शनिबारबाट सञ्चालनमा ल्याउने उद्देश्यका साथ आफूहरुले काम गरिरहेको सडक विभाग अन्तरगत बुटवल नारायणगढ सडक आयोजना, पूर्वी खण्डका सूचना अधिकारी तथा प्रवक्ता इन्जिनियर शिव खनालले बताए ।

“बाटोको ढलान सकिएको छ, अब पुलको मात्रै भाग बाँकी छ” खनालले भने “आगामी ५ तारिख (२१ असार) बाट पुल सञ्चालनमा ल्याउने जमर्को हाम्रो तर्फबाट छ।” यद्यपी मौसमले साथ दिएन भने केही ढीलाइ हुनसक्ने उनले बताए । चिनियाँ निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन, परामर्शदाता तथा आयोजनाबीचको छलफलअनुसार शनिबारबाट पुलको प्रयोगमा खुला गरिने तयारी भएको उनले बताए ।

गत २६ पुसमा मालबहाक ट्रक ठोक्कीदा पुल भाँचिएको थियो। त्यसपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएकोमा पछिल्लो साता पूर्ण रुपमा राजमार्ग ठप्प छ ।

चिनियाँ निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र परामर्शदाता कम्पनीलाई अबको दुई महिना दाउन्ने सडकमा केन्द्रित भएर काम गर्न निर्देशन दिइएको बताइएको छ । चिनियाँ पक्ष पनि चाँडै काम गर्न र परिणाम देखाउनेतर्फ सकारात्मक देखिएको दावि गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’