भोजपुरमा छायांकन गरिएको ‘तिम्रै माया लाग्छ’ सार्वजनिक

भोजपुर । कोशी प्रदेशको अत्यन्तै रमणीय तथा विभिद पर्यटकिय सम्भावनाको संग्रहालयको रुपमा परिचीत भोजपुर जिल्लाका विभिन्न स्थानहरुमा छायांकन गरिएको नयाँ म्युजिक भिडियो ू तिम्रै माया लाग्छू सार्वजनिक भएको छ ।

गायक उमेश मुस्कान र गायिका निरुता राइको आवाज रहेको उक्त म्युजिक भिडियोमा लोकप्रिय मोडल सनम कठायत र गायिका स्वयं निरुता राइको अभिनय रहेको छ । शब्द तथा संगीत गायक उमेश मुस्कानकै रहेको उक्त प्रेमिल गीतको म्युजिक भिडियो एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको हो ।

महेश महराको छायांकन र अमृत चापागाईंको सम्पादन तथा आयुश शाहीको सह निर्देशन रहेको छ । एभरेष्ट ग्यालरीको गीत, संगीत, कला र प्रविधिमैत्री पर्यटन, संस्कृतिको प्रचारप्रसारको नवीनतम राष्ट्रिय अभियान ‘दृश्यमा नेपाल’ अन्तर्गत दृश्यमा भोजपुरको अभियानमा एभरेष्ट टिम काम गरिरहेको कार्यक्रम संयोजकसमेत रहेका कलाकार सनम कठायतले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

epaper

ताजा समाचार

सरिता तिवारीको हत्यापछि गाडिएको अवस्थामा शव