बलात्कारको आरोपमा जनकपुरका चिकित्सक पक्राउ

सांकेतिक तस्वीर

जनकपुरधाम । एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा जनकपुरधामका एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रादेशिक अस्पताल जनकपुरधामका एक चिकित्सक रहेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरका फिजियो थेरापी डा. राजेश मण्डललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन ।

आफूलाई पटक–पटक जबरजस्ती करणी गरेको झापा घर भएकी एक २८ वर्षीया महिलले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि उनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

डा. मण्डलले विभिन्न समयमा अस्पताल बाहिर विभिन्न स्थानमा लागेर आफूलाई बलात्कार गरेको महिलाले निवेदनमा उल्लेख गरेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

epaper

ताजा समाचार

इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत