कपिलवस्तुमा १८ हजारभन्दा बढी सवारी ट्राफिकको कारबाहीमा

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुमा ट्राफिक नियम उल्लंघन गर्ने १८ हजार ८७२ सवारी साधन कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८१–०८२ मा ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गेले १ करोड ४१ लाख ७१ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

ट्राफिक प्रहरी निरीक्षक पंजक चुदालीका अनुसार, सबैभन्दा धेरै ५,५९२ ट्रक र टिप्पर कारबाहीमा परेका छन्।यीबाट ६९ लाख रुपैयाँभन्दा बढी जरिवाना संकलन गरिएको हो।

त्यस्तै ४,१३१ मोटरसाइकलबाट ३५ लाख ९६ हजार, २,७९० जिप÷कारबाट २४ लाख ५ सय, ५६० बसबाट ६ लाख ५ हजार, ३६६ ट्याक्टरबाट ३ लाख ६६ हजार, अन्य ४३३ सवारी साधनबाट ३ लाख ८५ हजार ५ सय राजस्व उठाइएको ट्राफिक कार्यालयले जनाएको छ।

निरीक्षक चुदालीका अनुसार, ट्राफिक नियम पालना नगर्दा सवारी दुर्घटनाको जोखिम उच्च रहँदै आएको छ। “लाइसेन्स बिना सवारी चलाउने, मापसे गर्ने, सहचालकलाई गाडी चलाउन दिने, ओभरलोड ट्रकहरू अटेर गर्ने र सडकको कमजोर अवस्था यी सबै दुर्घटनाका प्रमुख कारण हुन्,“ उनले भने।

ट्राफिक सचेतना कार्यक्रममा ७८ हजार बढी सहभागी
गत वर्ष २,०७० ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट ७८ हजार ८८२ जनाले प्रत्यक्ष लाभ लिएका छन्।

यात्री, चालक, विद्यार्थी, व्यवसायी लगायतलाई लक्षित गरी कार्यक्रमहरू गरिएको हो।

एक वर्षमै ८५ जनाको ज्यान गयो
प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार, गत आर्थिक वर्षमा ६८९ सवारी दुर्घटना हुँदा ८५ जनाले ज्यान गुमाएका छन्।
त्यसै अवधिमा १,१४४ जना घाइते भएका छन्। अघिल्लो वर्ष ८३ जनाको मृत्यु भएको थियो। भट्टका अनुसार, ‘तीव्र गति, क्षमता भन्दा बढी सामान तथा यात्रु बोक्ने, मापसे, र लापरवाही दुर्घटनाका मुख्य कारण हुन् ।’

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

epaper

ताजा समाचार

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था