प्रशासनबाट ३ बर्षमा उठ्यो साढे १९ करोड राजस्व

गुल्मी । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट तीन बर्षमा साढे १९ करोड राजस्व उठेको छ । आर्थिक बर्ष २०७९–८०, ०८०–८१ र ०८१–८२ गरी तीन बर्षमा १९ करोड ५८ लाख ६१ हजार सात सय ३२ रुपैँया राजस्व उठेको हो । जसमा आर्थिक बर्ष ०७९–८० मा सात करोड ३८ लाख १८ हजार सात सय, आर्थिक बर्ष ०८०–८१ मा छ करोड ४१ लाख ६७ हजार तीन सय ५० तथा आर्थिक बर्ष ०८१–८२ मा पाँच करोड ७८ लाख ७५ हजार छ सय ८२ रुपैँया राजस्व संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी हरीप्रसाद गैरेले जानकारी दिए ।

प्रशासनबाट सबैभन्दा बढी राहदान बापतको राजस्व उठ्ने गरेको छ । राहदान बनाएबापत आर्थिक बर्ष ०७९–८० मा सात करोड ३१ लाख ९० हजार, ०८०–८१ मा छ करोड ३३ लाख र ०८१–८२ मा पाँच करोड ६५ लाख ४३ हजार पाँच सय १० रुपैँया राजस्व संकलन भएको प्रशासनको तथ्याकं छ ।

राहदानीपछि संघ संस्था नविकरणमा राजस्व उठेको छ । उक्त शिर्षकमा तीन बर्षमा १५ लाख ९२ हजार आठ सय रुपैँया राजस्व संकलन भएको छ । त्यसबाहेक संघ संस्था दर्ता र नविकरण, हातहतियार नविकरण, प्राशसनीक दण्ड जरिवाना, परीक्षा शुल्क, प्रशासनीक सेवा, धरौटी र सरकारी सम्पत्तीको विक्रीबाट प्राप्त रकम प्रशासनको आम्दानी हुने सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र