उम्दा तेक्वान्दो खेलाडी बिवश युकेतिर

काठमाडौं । अखिल नेपाल तेक्वान्दो एकेडेमी आबद्ध अदभुत आनन्दानाथ तेक्वान्दो डोजाङ्गका उम्दा खेलाडी बिवश खतिवडा सोमबार बेलायत प्रस्थान गरेका छन् । उनी आफ्ना माता पितासँगै बस्नको लागि नेपाल छाडेर बेलायततर्फ प्रस्थान गरेका हुन् ।

छोटो समयमा नै तेक्वान्दो खेलको हरियो पेटी प्राप्त गर्न सफल उनलाई अखिल नेपाल तेक्वान्दो एकेडेमीका अध्यक्ष अन्तरास्ट्रिय तेक्वान्दो रेफ्री एबम प्रशिक्षक अनुयाज गौतमद्वारा हस्ताक्षर गरिएको प्रमाणपत्र खातिवडाले बेलायत पु-याउने बताए । उक्त प्रमाणपत्र खतिवडालाई अखिल नेपाल तेक्वान्दो एकेडेमीबाट प्रदान गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित