साफ यू–१९ महिला च्याम्पियनसिपः नेपाल ४–० ले बंगलादेशसँग पराजित

काठमाडौं । मोसम्मत सागोरिकाको उत्कृष्ट प्रदर्शनमा नेपाललाई हराउँदै बंगलादेशले साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

बंगलादेशको ढाकास्थित किंग्स एरेनामा आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै बंगलादेशले नेपाललाई ४–० गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।

सागोरिकाको एकपछि अर्को आक्रमण रोक्न नसक्दा नेपाल बंगलादेशसामु फितलो देखिएको थियो । सिनियर टिमबाट पनि खेल्दै आएकी सागोरिका एक्लैले गरेको ४ गोलको मद्दतले बंगलादेश पाँचौंपटक साफ यू–१९ उपाधि हात पार्न सफल भयो । नेपाल भने लगातार उपविजेतामै सीमित बन्न पुग्यो ।

अघिल्लो खेलमा बंगलादेशसँग ३–२ को गोलअन्तरले हार व्यहोरेको नेपालका लागि जितले मात्र उपाधि दिलाउने हुँदा केही बढी दबाब नेपालमाथि रहेको थियो । खेलको सुरुवातदेखि नै बंगलादेश नेपालमाथि हाबी बन्दै आयो । बंगलादेशका खेलाडीहरू नेपाली डिफेन्स र गोलकिपरमाथि हाबी भएका थिए । बंगलादेशसँगको पहिलो खेलको तुलनामा सोमबार नेपालले खासै राम्रो प्रभाव देखाउन सकेन । फलस्वरूप बंगलादेशको जितमा सागोरिका एक्लैले ४ गोल गरिन् । खेलको आठौं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा १ गोल गरेको बंगलादेशले दोस्रो हाफमा थप ३ गोल ग¥यो । सबै गोल सागोरिकाले नै गरेकी थिइन् । उनले खेलको आठौं, ५१औं, ५८औं र ७७औं मिनेटमा गोल गर्दै बंगाली टोलीलाई च्याम्पियन बनाइन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको अन्तिम खेल जितेको बंगलादेश ६ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा रह्यो भने नेपालले समान ६ खेलबाट १२ अंक मात्र जोड्यो । बंगलादेश ६ वटै खेल जित्न सफल भयो भने नेपालले दुई खेलमा हार व्यहोर्नुप¥यो । दुवै खेलमा नेपाल बंगलादेशको सिकार भयो । यस्तै, नेपालले ४ जित र १ हारबाट १२ अंक जोडेको छ । नेपालले भुटान र श्रीलंकालाई २–२ खेलमा पराजित गर्दा बंगलादेशसँग भने दुवै खेलमा पराजित भएको थियो ।

नेपालले भुटानलाई ६–१ र ८–० गोलअन्तरले तथा र श्रीलंकालाई दुवै खेलमा ७–० गोलअन्तरले हराएको थियो । प्रतियोगितामा पmेयर प्ले अवार्ड टिम श्रीलंकाले पाएको छ । उत्कृष्ट गोलकिपर बंगलादेशकी मिली अख्तर भइन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ता नेपालकी पूर्णिमा राई भइन् । उनले १० गोल गरेकी थिइन् । उनले उपाधि नजिते पनि आगामी दिनमा उपाधि जित्ने हिसाबले टिमले मेहेनत गर्ने दृढता व्यक्त गरिन् ।

प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी बंगलादेशकी मोसम्मत सागोरिका भइन् । उनले अन्तिम खेलमा ४ गोलसँगै जम्मा ८ गोल गरिन् । उनले आफू उत्कृष्ट खेलाडी हुन पाउँदा निकै खुसी लागेको बताइन् ।

दुई साताअघि मात्र सिनियर महिला फुटबल टोलीले एएफसी एसियन कप छनोट प्रतियोगिताको निर्णायक खेलमा घरेलु टोली उज्वेकिस्तानसँग हार बेहोरेको थियो । ३–३ गोलको बराबरी भएसँगै पेनाल्टीबाट खेलको निर्णय लिइएको थियो । यस हारसँगै नेपाली महिला फुटबलले अत्यन्त सुनौलो अवसर गुमाउन पुग्यो । विश्वकपमा छनोट भएर आफ्नो कला देखाउन नेपाली महिला टोलीले अब थप ४ वर्ष कुर्नुपर्ने भएको छ ।

नेपाल निकै नजिक पुगेर पनि छनोट हुन सकेन । दक्षिण एसियाली प्रतिद्वन्द्वी भारत र बंगलादेश भने पहिलोपटक एएफसीको प्रतियोगितामा छनोट हुन सफल भए । बंगलादेश सिनियरतर्फ पहिलोपटक एसिया कपमा छनोट हुन सफल भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम