स्वास्थ्य मन्त्रालयले सच्यायो गल्ती, कोरोना संक्रमितको संख्या २ सय ४५

जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान ७ जना नयाँ संक्रमित थपिएको भनेर दिएको सूचना त्रुटिपूर्ण देखिएको छ । धनुषा, महोत्तरी र सर्लाहीमा ५ जना नयाँ संक्रमित थपिएको भनेर मन्त्रालयले दिएको सूचना गलत पाइएको हो ।

धनुषा, महोत्तरी र सर्लाहीमा पाँचजना संक्रमित पाइएको पुष्टि गएको मंगलबार नै मन्त्रालयले गरेको थियो । मन्त्रालले मंगलबार जिल्ला र उमेर मात्रै कोड गरेर विज्ञप्ती निकालेको थियो । आज बिहान भने संक्रमितको जिल्लाको स्थानीय तहको ठेगाना र उमेर समेत खुलाएर पुनः विज्ञप्ति निकालेको छ ।

जसमा धनुषा, महोत्तरी र सर्लाहीमा फेला परेका कोरोना संक्रमितको उमेर मात्र हेर्दा मन्त्रायले गरेको त्रुटि प्रष्ट हुन्छ । यस अनुसार हेर्दा बिहीबार बिहान २ जना मात्रै नयाँ संक्रमित थपिएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यसप्रकारको गल्तीको निकै आलोचना भइरहेको छ ।

समाजिक सञ्जालमा निहालराज सिंहले लेखेका छन तर यो कसरी हुन सक्छ! गिन्ती न जान्ने मन्त्रालय ले कसरी कोरोना लाई रोक्छ प्रश्न गरेका छन । घनश्याम राउतले लेखेका छन्, ‘गल्ती हाम्रै हो कि यस्तो नमुनाहरुलाई जिताएर पठाए छौ ।’ उनले सरकारमा बसेका व्यक्ति स्वास्थ्यको मामलामा गम्भीर नरेहेको आरोप लगाएका छन । राजविकास साहले खै के हो कुरो बुझ्न गाह्रो छ नेपालको । कस्को पत्त्याउनु कस्को नपत्याउनु ? उनको पनि त्यस्तै आक्रोश रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत