Monday, June 14, 2021
Home प्रदेश प्रदेश २ कोरोना संक्रमणको उच्च जोखिम बढेपछि सिमा घेराबार

कोरोना संक्रमणको उच्च जोखिम बढेपछि सिमा घेराबार

,

महोत्तरी । भारतको बिहारका जिल्लाहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढदै जाँदा सीमा जोडिएको महोत्तरीमा पनि संक्रमणको जोखिम बढदै गएपछि स्थानीय प्रशासनले नेपाल भारतसीमा क्षेत्रमा बाँसको घेराबार लगाउन शुरु गरेको छ ।

भारतका विहार राज्यको सितामढी र मधुबन्नी जिल्लासंग जोडिएका महोतरीसंग ३८ दशमलव ६ किलोमीटर सीमा क्षेत्रको ३ नगरपालिका २ गाउँपालिको १५ गाउमा बाँसको घेरावार लगाउन शुरु गरेको छ ।

दशगजा क्षेत्रमै घन बस्ती हुनु, सीमावर्ती भारतीय जिल्लामा संक्रमण बढ्दै जानु तथा सीमा क्षेत्रमा नेपाल भित्रिन आउनेको संख्या बढनुले जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम बढाएकाले बाँसको घेराबार लगाउन कार्य स्थानीय तहको सहयोगमा शुरु गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताए ।

भारतबाट कोरोना संक्रमित भित्रन नदिन बाँसको तीन तहको घेरा हालिएको हो । सशस्त्र प्रहरीको सहयोगमा गरिबनाथ मन्दिरदेखि जलेश्वर नगरपालिका छुने पर्सा गाउँसम्मको दुई किमि सीमाक्षेत्रमा बाँसको घेरा हालिएको छ । अन्य ठाउमा लगाउने कार्य जारी रहेको प्रजिअ खत्रीले बताए । सो क्षेत्रमा २ हजार ५ सयवटा बाँस गाडेको छ ।

महोत्तरीको विपद् व्यवस्थापन समितिले आवश्यक परे सीमामा बाँसको घेराबार लगाउन सकिने निर्णय गरेपछि सशस्त्र प्रहरीले स्थानीय तहलाई यसका लागि पत्राचार गरिरहेको छ । सीमा सिल गरेपछि सशस्त्रले जिल्लाका ४० ठाउँबाट निगरानी गरिरहेको छ । सीमामा बाँसको घेराबार लगाउन महोत्तरीका अन्य पालिकालाई पनि पत्राचार गरिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्न सीमामा बाँसको घेराबार लगाउने कामले धेरै हदसम्म घुसपैठ रोकिने सशस्त्र प्रहरीका डिआईज्ी राजु आर्यालले बताए ।

सीमा क्षेत्रमा रहेको बाक्लो बसोबासका कारण सुरक्षाकर्मीको सक्रियताका बावजुंत पनि आउजाउ पूर्ण नियन्त्रणमा आउन सकेको छैन । दशगजा क्षेत्रभित्रै झुरुप्प घरहरु छन । बाक्लो बसोबास रहेका यी क्षेत्रका सीमा वारपार गर्नेलाई प्रहरीले रोक्न सक्ने अवस्था नरहेको प्रहरी बताउँछ । सुरक्षाकर्मीको आँखा छलेर सीमावारि आउने घटना पनि अन्य जिल्लको तुलनामा महोतरी मा धेरै देखिएकाले बाँसको घेरावार लगाउनु परेको स्थानीय प्रशासनले जनाएको छ ।

सीमा निकट दुवैतिर बस्नेलाई अत्यावश्यक वस्तु एवं सेवाका लागि वारिपारिकै भर हुन्छ । तर यता भारतका ती राज्यहरुसँग वारिका नेपाली भूभागका नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र मानवीय सम्बन्ध भएकाले घेरावार लगाउनुको कुनै औचित्य नरहेको समाजसेवी राजेश लाल कर्णले बताए ।

भारतको विहार राज्यका सीतामढी र मधुवनी सीमावर्ती क्षेत्रमा संक्रमणको दर बढदै जाँदा नेपाल छिर्ने क्रम तीव्र बन्दा महोतरीमा संक्रमणको जोखिम थपिएको हो । प्रदेश–२ प्रहरी स्रोतका अनुसार पछिल्लो तीन दिनमा मात्रै लुकिछिपी नेपाल प्रवेश गरेका तीन सय नेपालीलाई नियन्त्रणमा लिएर भारततर्फै पठाइएको छ । महोत्तरी, धनुषा र सप्तरीको सीमा नाकाबाट उनीहरुलाई फर्काइएको हो ।

(Visited 163 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

साताका लोकप्रिय समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

  पोखरा ।  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अन्ततः काँगे्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)बमोजिम शनिबार उनलाई...

उच्च सतर्कता अझै जरुरी

मनसुन सुरु हुने समयको आगमनसँगै कृषिजन्य कार्य तथा उत्पादनका अन्य कार्यमा निषेधाज्ञा परिस्थितिअनुसार खुकुलो परिने निर्णय भएपछि जुडा असारे तथा साउने खेतमा खेताला काममा...

सभ्यता, सत्ता र शोषण

सभ्यतामा प्रवेश गर्नुअघि मनुष्यको कुनै कर्तव्य थिएन । त्यस बखतमा मनुष्यसँग अधिकार मात्र थियो तर त्यसको संरक्षणको प्रत्याभूति दिने कोही थिएन । सबै जना...

कोरोना संक्रमणबाट आमाकाे मृत्यु भएको चार दिनपछि छोराको मृत्यु

  उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ बेल्टार बजारमा कोभिड १९ को संक्रमणबाट ४ दिनको अन्तरालमा आमा छोराको मृत्यु भएको छ । बेल्टार बजारको प्रतिष्ठित...

ट्रेन्डिङ

कपिलवस्तुमा महिलाको हत्या

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर...

सवारीसाधन सुरु बिन्दुबाटै फर्काइँदै

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको...

नायिकाहरूमा बिजुली बिल आतंक

मुम्बई । मासिक ७ देखि १० हजार रुपैयाँ घरको बिजुलीको बिल आउने गरेकोमा एक्कासिक ४० देखि ५० हजार रुपैयाँको बिल आएपछि बलिउड अभिनेत्रीहरू दिक्क...

पूर्वमन्त्री सञ्जय साहका परिवारका प्राय सदस्यलाई जेल सजाय

जनकपुरधाम । ज्यान मुद्दामा जेलमा रहेका पूर्व राज्यमन्त्री सञ्जयकुमार साह ‘टकला’ समेत उनका पिता, पत्नी, भाई र सहयोगीहरुलाई जेल सजाय भएको छ । विशेष...

बाँके र प्युठानमा थप एक एक जना कोरोना सङ्क्रमितको मृत्यु

राँझा । बाँकेमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुष रहेको छ...

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ पुरुष र ४ जना महिला रहेका छन्...

‘पाँच दिनपछि बल्ल पेट भरियो’

टीकापुर । कैलालीको भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ । अविरल वर्षापछि यही साउन १४ गते आएको बाढीमा परी...

अनु काफ्लेको कस्तो लाग्यो तिमीलाई

काठमाडौं । तिनपाते शिर्षकको म्युजिक भिडियोबाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल बले अभिनित कस्तो लाग्यो तिमीलाईु शिर्षकको म्युजिक भिडियो...

जमिन गल्यो : उर्लँदै नदी, बढ्दै जोखिम

काठमाडाै‌ं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा वर्षा हुनेछ । अहिले पनि मुलुकका...

चट्याङमा परी तीन जनाको मृत्यु

काठमाडौं । दाङमा शनिबार दिउँसो परेको चट्याङमा परी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरमा एक महिला र...

जन्ती बोकेको जीप दुर्घटना हुँदा चारको मृत्यु

जाजरकोट । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृत्यु भएको छ । आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ...

मध्यपुरथिमि नगरपालिकाभित्रका घरधनीलाई बाहिर जिल्लाबाट आएकालाई बास नदिन निर्देशन

भक्तपुर ।  भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ । नगरपालिकालको आज...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)