Thursday, August 5, 2021
Homeप्रदेशगोविन्दपुरमा हत्यापछि गायव गरिएको टाउको भेटियो

गोविन्दपुरमा हत्यापछि गायव गरिएको टाउको भेटियो

,
sharethis

लाहान ।  सिरहाको लहान नगरपालिका १७ गोविन्दपुर गाउँमा युवकको विभत्स हत्या गरी गायव गरिएको टाउको  दिनपछि भेटिएको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बुधबार साँझ साढे ६ बजेतिर मो. सफिदको टाउको गोविन्दपुर गाउँदेखि करिब एक किलोमिटर पूर्व बलान खोलामा निर्माणाधीन झोलुङ्गे पुलबाट उत्तर खोला किनारमा भेटिएको बताए ।

‘साँझ बस्तुभाउ चराएर फर्किएका गोठालाले खोला किनारमा मान्छेका टाउको भेटिएको खबर गरे लगत्तै प्रहरीले घटनास्थल प्रकृति मुचुल्का गरी पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको छ’ प्रहरी नायव उपरीक्षक थापाले भने ।

खोला किनारमा सानो खाल्डोमा जमेको पानी नजिकै टाउको भेटिएको उनले बताए । प्रहरीले हत्याको घटनाको अनुसन्धान सूक्ष्म रुपले गरिरहेको बताएको छ । प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन । हत्यामा प्रयोग गरिएको हतियार पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

स्थानीय मो. इसाकका चार भाई छोरामध्ये कान्छो करिब ३७ वर्षीय मो. सफिदको मंगलबार बिहान करिब ६ बजेतिर गोविन्दपुर गाउँस्थित घर नजिकै आफ्नै बारीमा टाउको नभएको शव भेटिएको हो । उत्तानो अवस्थामा भेटिएका सफिदको टाउको थिएन भने छातीदेखि पेटससम्म गहिरो गरी चिरिएको घाउ थियो ।

(Visited 2,723 times, 1 visits today)

आजको समाचार

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

साताका लोकप्रिय समाचार

नेपाल पक्ष सरकारमा सहभागी नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २३ जनाकाे मृत्यु

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८०...

कोरोना संक्रमणले तीन साताभित्र विदेशमा थप ३९ नेपालीको निधन

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार...

ट्रेन्डिङ

३९ रुपैयाँको सेनिटाइजर ८० रुपैयाँमा बिक्री

इटहरी । इटहरीका औषधी पसल सञ्चालकहरुले स्वास्थ्य सामाग्रीमा बदमासी गरेको पाइएको छ । स्वास्थ्य सामाग्री मास्क र सेनिटाइजरमा कालोबजारी गर्ने गरेको पाइएपछि कारबाही गरिएको...

रोटरी सार्वजानिक शौचालय समुदाय तथा विद्यालयलाई हस्तान्तरण

काठमाडौं । राटरी कल्व अफ पाटन साउथले चिवतनको इच्छाकामना गाउँपालिका- ३ चुम्लिङटारमा निर्माण गरेको रोटरी सार्वजानिक शौचालय तथा माझगाउँ माध्यमिक बिद्यालयमा निर्माण गरेको शौचालय...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)