नेपालमा आइसक्रिम उत्पादनमा क्रान्ति

काठमाडौं । सग्तानी ग्रुप लाइफ आइसक्रिम मेसिनरिज र नेपाल-इटाली उद्योग वाणिज्य संघ(एनआइसिसीआई) को सहकार्यमा ‘नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण’ विषयक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योगका विज्ञहरू, उद्यमीहरू र सरोकारवालाको उल्लेखनीय सहभागिता थियो ।

इटालीका प्रमुख ब्राण्डहरू लाइफ टेक्नोआइस, प्याकिन्ट-कोल्डकारले उत्पादनदेखि ढुवानीसम्मका अत्याधुनिक, दिगो र प्रभावकारी प्रविधि प्रदर्शन गरेका थिए । उक्त सहकार्यले नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरुवात गर्नुका साथै नेपाल-इटालीबीचको औद्योगिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम