बागमती प्रदेशप्रमुख विरामी, मन्त्रीको सपथ अलपत्र

काठमाडौं । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा एक्कासि विरामी परेपछि नवनियुक्त मन्त्रीहरुको सपथग्रहण कार्यक्रम अलपत्र परेको छ । आज दिउँसो १ बजेका लागि सपथको कार्यक्रम तय भएको थियो ।

प्रदेश प्रमुख विरामी भएपछि सपथग्रहण कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगन गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश प्रमुख देवकोटाको दुई वर्षअघि पोस्टेटको अप्रेसन गरिएको थियो । उनी नियमित औषधि सेवन गरिरहेका थिए । उनीमा साउन १२ गतेदेखि समस्या बल्झिरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ । स्वास्थ्यमा समस्या आएपछि अखिल नेपाल महिला संघ सुदूरपश्चिमकी अध्यक्षसमेत रहेकी देवकोटाकी श्रीमति रुक्मिणी सिल्पकार हेटौडा पुगेकी थिइन् ।

भैसेपाटीमा बसोबास गर्ने उनीहरुको छोरालाई लिएर सिल्पकार १३ गते नै हेटौडा पुगेकी थिइन् । बुधबार राति साढे ११ बजे उनीहरु उपचारका लागि काठमाडौं आएका थिए । देवकोटाको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम