नागरिक शिक्षाका आयाम

व्यक्तिलाई सभ्य, शिष्ट, सुसंस्कृत एवं कर्मशील बन्नका लागि नागरिक शिक्षा ज्ञानको स्रोत हो । जन्मेपछि जीवनपर्यन्त गर्नुपर्ने काम, कर्तव्य र अधिकारका विविध क्षेत्रमा नागरिक शिक्षाको ज्ञान आवश्यक हुन्छ । शिक्षाविद् स्मिथले भनेका छन्, ‘मानिसलाई व्यक्तिबाट सामाजिक व्यक्तित्वमा रूपान्तरण गर्न नागरिक शिक्षा अनिवार्य हुन्छ ।’

नागरिक शिक्षाले हरेक व्यक्तिलाई आप्mनो कर्तव्यप्रति सचेत गराउन मद्दत पु-याउछ । व्यक्तिŒव विकास, सामाजिकीकरण, कर्तव्यप्रति सचेत तथा प्रजातन्त्रिक आचरण विकासजस्ता गुण विकास गर्न नागरिक शिक्षाले महŒवपूर्ण भूमिका खेलेको हुन्छ ।

व्यक्तित्व विकास
हरेक व्यक्ति सम्मानित जीवन बाँच्न चाहन्छ । पारिवारिक, सामाजिक, आर्थिक, सांस्कारिक, आध्यात्मिक तथा प्रतिष्ठित जीवन जिउने चाहाना हुन्छ । उल्लेखित क्षेत्रमा सफल हुनका लागि तद्अनुरुपको व्यवहार आवश्यक पर्छ । घरपरिवार, समाज तथा राष्ट्रिय जीवनमा असल व्यक्ति एवं व्यक्तिŒव विकासका लागि मानवमूल्यका गुण व्यवहारमा लागू गर्नुपर्ने हुन्छ । अनुशासित, सभ्य, सुसंस्कृत, सक्रिय तथा उपयोगी जीवन बा“च्न आवश्यक गुणलाई नै ‘मानव मूल्य’ भनिन्छ । अर्को अर्थमा मानव मूल्यअन्तर्गत पारिवारिक मूल्य, मान्यता, कर्तव्य तथा जिम्मेवारीबोधजस्ता गुण पर्दछन् । यस कोणबाट हेर्दा मानव मूल्यका आवश्यक गुण आर्जन गर्नका लागि नागरिक शिक्षाका विषयवस्तु आवश्यक हुन्छ । मानिसको घरपरिवार नै व्यक्तिŒव विकासको पहिलो आधार हो । सर्वप्रथम त कुनै पनि व्यक्ति परिवारको जिम्मेवार तथा कर्तव्यनिष्ठ सदस्य हुन आवश्यक हुन्छ । व्यक्तिŒव विकासअन्तर्गत परिवारका हरेक सदस्यले आ–आप्mनो पद, स्थान र जिम्मेवारी बोध गर्न नागरिक शिक्षाको ज्ञानले महŒवपूर्ण भूमिका खेल्दछ । नागरिक शिक्षा ज्ञान अभावमा समाजमा द्वन्द, कलह, गुटफुट, असन्तोष र असमझदारी बढ्दछ । अहिले समाजमा यस्तै भइरहेको छ । यस कोणबाट हेर्दा रिस, द्वेष, कलह, बदलाको भावनाजस्ता दुर्गण बिर्सजन गर्न नागरिक शिक्षा अनिवार्य हुन आउँछ ।

सामाजिकीकरण
शान्ति, सद्भाव, सहयोग र परोपकारी भावना विकासले मात्र सभ्य र सिर्जनशील समाज निर्माण हुन्छ । ‘सामाजिकीकरण’ भन्नाले समाजका मूल्यमान्यता, आदर्श र सिद्धान्त आत्मसात् गर्दै हरेक व्यक्तिले आप्mनो कर्तव्य र भूमिका निर्वाह गर्दै जाने अभ्यास हो । नागरिक शिक्षाले हरेकले बाल्यकालदेखि नै समाजमा घुलमिल हुन, एकअर्काका समस्या समाधानमा सहयोग गर्न, आपसमा मित्रवत् सम्बन्ध विकास, आपसी सहयोग, सहानुभूतिजस्ता मानीय व्यवहार निर्माण गर्न सहयोग गर्दछ । यसले प्रजातान्त्रिक आचरण विकास गराउन मद्दत गर्दछ । त्यसो त, समाजमा प्रजातान्त्रिक आचरण, सकारात्मक सोच, असल व्यवहार र उदारवादी चरित्रको अभाव देखिन्छ ।

म खाउँ मै लाऊँ, सुख–सयल वा मोज म गरुँ
म बाँचु मै नाचुँ, अरु सब मरून् दुर्बलहरू

कवि शिरोमणि लेखनाथ पौड्यालको माथिको कवितांशको भावमा समाज दौडिरहेको प्रतीत हुन्छ । शासक र प्रशासकका आचरण पनि कविताको मर्मस“ग मेल खाएजस्तो देखिन्छ । समाजमा लोकतान्त्रिक आचरण विकास हुन नसक्दा जातीय, वर्गीय, क्षेत्रीयलगायत विभेद सुसप्त रूपमा रहेको छ । समाजमा लोकहितभन्दा बढी व्यक्तिगत स्वार्थ र मपाइŒव अभ्यास रहेको देखिन्छ । नागरिक शिक्षाले समाजमा रहेका हरेक जातजाति, धर्म, वर्ग, संस्कृतिका मुल्य–मान्यता र पहिचानलाई एकापसमा सम्मान गर्न सक्ने समायोजनकारी उदारभावना र व्यवहार विकास गर्न महŒवपूर्ण भूमिका खेल्दछ ।

कर्तव्यबोध आत्मानुभूति
हाम्रो समाज लोकतान्त्रिक राज्य व्यवस्था यात्रामा अगाडि बढिरहेको छ । नेपालको संविधान २०७२ ले नागरिकका मौलिक हक र अधिकार प्रदान गरेको छ । मानवअधिकार र प्रजातन्त्रलाई एकअर्काका परिपुरक मानिन्छ । तर, समाजमा अधिकार विषयले प्राथमिकता पाइरहेको अवस्था छ । अधिकार र कर्तव्यलाई सिक्काका दुई पाटा भनिन्छ । अधिकारको मात्र कुराले न परिवार चल्न सक्दछ, न त समाज र देश नै । हरेक व्यक्तिले समाज, राजनीति, प्रशासन, शिक्षा, स्वास्थ्य, समाज सेवालगायत क्षेत्रमा आबद्ध ‘स्टकहोल्डर’ले कर्तव्य पालना गर्ने हो भने हरेक क्षेत्र कर्तव्यनिष्ठ बन्न सक्दछन् । कर्तव्य पालना गर्नुभन्दा अधिकार उपयोग गर्ने संस्कृतिका कारण अहिले नेपाली समाजमा घरपरिवार तथा सामाजिक सम्बन्ध चिसिएका छन् ।

अनुशासित, सभ्य, सुसंस्कृत, सक्रिय तथा उपयोगी जीवन बाँच्न आवश्यक गुणलाई नै ‘मानव मूल्य’ भनिन्छ । अर्को अर्थमा मानव मूल्यअन्तर्गत पारिवारिक मूल्य, मान्यता, कर्तव्य तथा जिम्मेवारीबोधजस्ता गुण पर्छन् । यस कोणबाट हेर्दा मानव मूल्यका आवश्यक गुण आर्जन गर्नका लागि नागरिक शिक्षाका विषयवस्तु आवश्यक हुन्छ

समाजमा कर्तव्यभन्दा बढी अधिकार अभ्यास गर्ने चष्टाको कारण सम्बन्धबिच्छेद व्यापक बढेर गएको छ । अपराधकार्यमा लाग्नेको संख्यामा बढोत्तरी हुँदै गरेको अपराध नियन्त्रणसम्बन्धी क्षेत्रमा कार्यरत निकायको तथ्यांक छ । राजनीतिले अधिकार विषयमा व्यापक बहस पाएको छ । देशको शिक्षा प्रणालीमा पनि जति अधिकारको विषयवस्तुले पाठ्यक्रम र पाठ्यपुस्तकमा ठाउँ पाएको छ, त्यति कर्तव्यले पाएको छैन । यस सन्दर्भमा नागरिक शिक्षाको महŒव बढ्दै गएको देखिन्छ । नागरिक शिक्षाले व्यक्तिलाई आप्mना घरपरिवार, समुदाय र जन्मभूमिप्रतिको कर्तव्य बोध गराउँछ । मानिसको जीवनमा सबैभन्दा महŒवपूर्ण उसको व्यवहार हो । व्यवहारअन्तर्गत आपूmभन्दा सानोलाई माया, ठूलालाई सम्मान, समाजप्रतिको सामाजिक दायिŒवबोध तथा कार्य, जन्मभूमिप्रति गर्नुपर्ने कर्तव्यजस्ता पक्ष अध्ययन क्षेत्र हो, नागरिक शिक्षा । हरेक मानिस नागरिक शिक्षाले प्रशिक्षित भएमा कर्तव्यनिष्ठ समाज निर्माण हुन सक्दछ । यसपछि मात्रै सभ्य, शान्त तथा अनुशासित समाज निर्माण सम्भव छ । कर्तव्य पालनाबिना मानवजीवन पूर्ण सक्दैन भने अधिकार अभावमा आजको युगमा न परिवार चल्न सक्दछ, न त समाज तथा देश नै । कर्तव्य दया, माया, करुणा, चेतना र मानवीय व्यावहारमा आधारित क्रियाकलाप हो भने अधिकारले व्यक्ति वा समाजलाई न्यायपूर्ण जीवन बाँच्न सघाउँछ । कर्तव्य पालनाले मानिसलाई नैतिक रूपमा बलियो, सामाजिक रूपमा प्रतिष्ठित र राष्ट्रियस्तरमा सम्मानित तुल्याउँछ । यसर्थ, कर्तव्य पालना विषयलाई आत्मबोध गराउन नागरिक शिक्षा आवश्यकमात्र होइन, अनिवार्य विषय हो ।

प्रजातान्त्रिक आचरण विकास
व्यक्तिवादी सोच बद्लेर लोककल्याकारी व्यवहार अभ्यास गर्नु नै हो, प्रजातान्त्रिक आचरण । प्रजातान्त्रिक आचरण घरपरिवार, समाज, राज्य र यसका संयन्त्रमा लागू भएमा हरेक क्षेत्र सभ्य, मर्यादित तथा उत्तरदायी बन्न सक्छन् । घरपरवारका सदस्यबीच संवाद, विचार मन्थन हुनसकेमा परिवारिक वातावरण सिर्जना हुन्छ । अहिले समाजमा पारिवारिक बेमेल बढ्दै जानुमा नागरिक शिक्षा अभाव हुनु हो ।

राजनीतिक विखण्डन, अपराधीकरण, मपाइ“Œवको भावना बढ्दै जानुको पछाडि नागरिक शिक्षा अभाव नै हो । देशमा लोकतन्त्र स्थापित भए पनि सञ्चालित संघसस्था लोकतान्त्रिक बन्न सकेका छैनन् । राज्यले जनताका आवाज सुनेर काम नगरेको अवस्था छ । सरकारले मिटरब्याजपीडित, सहकारीपीडितलगायतका आवाज सुनेको छैन । हरेक क्षेत्रका समस्या समाधान गर्न राज्य चुस्त, दुरुस्त बन्न सकेको छैन । यसको मुख्य कारण अप्रजातान्त्रिक, गैरजिम्मेवार तथा व्यक्तिवादी कार्यशैली हो । यस कोणबाट हेर्दा समाजलाई प्रजातान्त्रिक बनाउनका लागि नागरिक शिक्षा आवश्यक छ । नागरिक शिक्षाले व्यक्तिलाई ‘मबाट हामी’ भन्ने चिन्तन विकास गर्न महŒवपूर्ण भूमिका खेल्दछ । अथवा, व्यक्तिगत स्वार्थ त्याग्न सक्ने व्यक्ति तथा व्यक्तित्व विकास गर्न नागरिक शिक्षा वाञ्छनीय ठानिन्छ ।

जाँदाजाँदै
अहिले राजनीतिक दलमा सिद्घान्त, निष्ठा, लोकतान्त्रिक आचरण अत्यन्त कमजोर अवस्था छ । अरुको हितभन्दा आप्mनो दुनो सोझ्याउने कार्यशैलीका कारण सिंगो समाज लोकतान्त्रिक बन्न सकेको छैन । प्रजातन्त्र आवरणमै छ । व्यवहारमा रूपान्तरण हुन सकेको छैन । समाजमा भ्रष्ट बिगबिगी बढ्दै गएको र नैतिक इमान कमजोर हुँदै गएको देखिन्छ । विश्वप्रख्यात कवि कार्ल कोरसले भनेका छन्, ‘भ्रष्ट आचार अत्यन्तै खराब हुन्छ, यसले व्यक्ति र समाजलाई नैतिक पतन गराउनुका साथै देशको मर्यादा नै ध्वस्त पार्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

epaper

ताजा समाचार

कोशीमा टुट्यो कांग्रेस–एमाले सत्ता सहकार्य