नेसंसपाको केन्द्रीय पदाधिकारी तथा काठमाडौँ उपत्यका समितिको संयुक्त बैठक सम्पन्न

काठमाडौं । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी तथा काठमाडौँ उपत्यकाका नेताहरूको संयुक्त बैठक बुधबार राजधानीस्थित पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा सम्पन्न भएको छ ।

बैठकले वर्तमान राजनीतिक अवस्था’bout गहिरो समीक्षा गर्दै, देशमा व्याप्त भ्रष्टाचार, लुटतन्त्र, शोषण र बेथिति विरुद्ध पार्टीको स्पष्ट र दृढ धारणा सार्वजनिक गरेको छ ।

बैठकको अध्यक्षता पार्टीकी उपाध्यक्ष सीमा खानले गर्नुभएको थियो भने सञ्चालन महासचिव अनन्त राईले गर्नुभएको थियो। बैठकमा कोषाध्यक्ष ममताज अन्सारी, उपमहासचिवहरू जनक कार्की र सुरेन्द्र प्रधान, सचिव दिनेश पाख्रिन, उपत्यका इन्चार्ज चन्द्र तामाङ, विदेश विभाग प्रमुख ठाकुरचन्द्र गहतराज, साथै अन्य केन्द्रीय पदाधिकारी तथा उपत्यकाका नेताहरूको उल्लेखनीय उपस्थिति थियो।

बैठकले देशभर फैलिएको लुटतन्त्र, अनियमितता र सुशासनको अभावले आम नागरिकको जीवन अस्तव्यस्त भएको ठहर गर्दै, संघीय गणतान्त्रिक गठबन्धनको आव्हानमा संयुक्त जनजागरण अभियान लाई दृढताका साथ अघि बढाउने निर्णय गरेको छ।

यस अभियानअन्तर्गत भदौ ७ गते महोत्तरीको जलेश्वर र भदौ २७ गते काठमाडौँमा भव्य अन्तरक्रिया तथा जनसभा आयोजना गरिने भएको छ ।

बैठकले यी कार्यक्रमहरूलाई भव्य र प्रभावकारी रूपमा सम्पन्न गर्न देशभरका सम्पूर्ण पार्टी पंक्तिलाई पूर्ण तयारीमा जुट्न निर्देशन दिएको छ। साथै काठमाडौँ उपत्यकामा हुने कार्यक्रमको सफल आयोजनाका लागि महासचिव अनन्त राईको नेतृत्वमा १३ सदस्यीय तयारी समिति समेत गठन गरिएको छ।

यो अभियान अन्याय, उत्पीडन र भ्रष्टाचारविरुद्ध जनताको आवाज बनेर उठ्ने नेताहरुले बताएका छन् । पार्टीले भदौ २७ गते काठमाडौँमा हुने ‘उत्पीडित जनताको मुक्ति आन्दोलन तथा वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा देशभरका आम नागरिकलाई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशीमा बाढीको जोखिम कायमै