विद्यालयको कक्षा कोठामा पानी पस्दा हुम्लाका विद्यार्थी चौरमा

हुम्ला । पछिल्लो समय हुम्लामा अविरल वर्षाका कारण बालमन्दिर माध्यामिक विद्यालयको कक्षाकोठामा पानी पसेपछि चौरमा पढ्न बाध्य भएका छन् । सदरमुकाम सिमकोट बिच बजारमा रहेको बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थी चौरमा राखेर पठनपाठन गराउन बाध्य भएको बालमन्दीर माध्यामीक बिधालयका शिक्षक जय बमले बताउनु भएको छ ।

प्रधानाध्यापक कैलाश रोकायाका अनुसार बिधालयको भबन पछाडी बाटो को पनिले कक्षा १,२,६,३ को बिधार्थि लाई समस्या भएको हो । वर्षाले कक्षा कोठाभरि पानी पसेपछि चौरमा पठनपाठन गराएको प्रधानाध्यापक कैलाश रोकायाका जानकारी दिए ।

बैकल्पिक कक्ष कोठा नभएको र वर्षायाममा पानी पर्दा यी कक्षाका विद्यार्थीले प्रायः जसो चौरमा पठनपाठन गर्दै आउनु परेको विद्यालय प्रशासनले जनाएको छ ।

हरेक वर्ष वर्षायाममा यस्तै समयमा यो समस्या दोहोरिने गरेको बिधालय स्रोतले जनाएको छ । शिक्ष क्षैत्रमा लगानि गरेको दाबि गरेको स्थानीय सरकार सिमकोट गाउँपालिकायो बिषयमा ध्यानाकर्ष समेत गराइएको बिधालय प्रसासनको गुनासो छ ।

पानी पसेर असर गर्दा दिउँसो विद्यार्थीलाई खुल्ला आकाशमुनिको चौरमा पठनपाठन गराउँदा सिमिकोट बजारको बिचमा रहेको कारण बजारको होहल्लाले बालबालिका लाई पठनपाठनमा समस्या हुने गरेको छ प्रधानाध्यापक रोकायाले भने ।

कक्षा कोठामा पानी पसेको कारण बालबालिका र शिक्षक समेत चिप्लने र चोटपटक लाग्न सक्ने जिल्ला सदरमुकाम सिमिकोट बजारको बिचमा रहेको बाल मन्दिर माध्यमिक विद्यालयको समस्या जस्ताको तस्तै रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग