पाल्पामा जात्राका पर्व शुरु

पाल्पा । पाल्पा गाईजात्रासंगै अन्य जात्राका पर्वहरू शुरु भएको छ । परम्परागत रुपमा मनाइने गाईजात्रा, जिल्लाकै ठुलो जात्रा भगवती जात्रा, रोपाई जात्रा, नारायण जात्रा, गणेशजात्रा जस्ता विभिन्न जात्राहरूको पर्व शुरु भएको हो ।

आइतबार नेवारी परम्परा अनुसार बर्ष दिन भित्र दिवंगत भएका परिवारका सदस्यको सम्झनामा घरपरिवारले गाईजात्रा निकालेका छन् । नेवा गुठी तानसेनले सामुहिक सापारु कार्यक्रम (गाईजात्रा) निकालेको छ । परम्परालाई कायम राख्न र संस्कृति जोगाउन तानसेनमा सामुहिक गाईजात्रा निकालिएको नेवा गुठी तानसेनका अध्यक्ष प्रकाशनाथ गोङ्गलले बताए ।

गाईजात्रा निकाल्ने घरबाट मृतकको फोटो, ताहाँमचा, भगवान राम सिता र लक्ष्मण, कृष्ण, राधाको रुपमा बालबालिकालाई सिगारेर निगुणर््ा भजन गाउदै दिवंगत आत्माको शान्तीको कामना गर्दै ईष्टमित्रहरूले बजार घुम्ने प्रचलन रहेको छ ।

प्रताप मल्लले शोकमा परेकी रानीलाई अनेक कोशिस गर्दा समेत सम्झाउन नसकेपछि तिमीलाई जस्तो पिडा जनताहरुलाई पनि परेको छ भनी बुझाउन गाईजात्रा मनाउने चलन चलाएका थिए । आर्थिक अवस्था कमजोर भएकाहरुले भने गाईलाई डो¥याएर बजार परिक्रमा गरी गाईजात्रा मनाउदै आएका छन् ।

जिल्लाको सदरमुकाम तानसेनसँगै हार्थोक, रिडी, ताह‘ु, सिलुवा, विरकोट लगायतका बस्तीमा गाईजात्रा निकालिएको छ । नेपाली समाजमा देखिएका बिकृती बिसङ्गती ब्यङ्ग गरी रमाइलो गर्ने परम्परा अनुसार तानसेनका कालकारहरूले चोकचोकमा व्यङ्गात्मक प्रर्दशन गरेको छ । स्थानीय कलासंस्कृति जोगाउन, बजार चहलपहल बढाउन तानसेन नगरपालिकाले गाईजात्राको दिनमा स्थानीय बिदा दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

ह्वात्तै घट्यो सुन–चाँदी मूल्य, आज कतिमा भइराखेको छ कारोबार ?