ताप्लेजुङ गोल्डकपः हारपछि घर फर्कियो पोखराको सहारा क्लब

ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताबाट पश्चिम नेपालको सहारा क्लब पोखरा पहिलो खेलमै घर फर्किएको छ । झापाको रेडस्टार क्लबसँग पराजित भएपछि सहाराको यात्रा ताप्लेजुङ गोल्डकपका लागि यतिमा नै टुंगिएको हो ।

ताप्लेजुङमा पहिलो पटक उपस्थिति जनाएको सहारा क्लब पोखरा, रेडस्टार क्लब झापासगको खेलमा २–० गोलले पराजित हुन पुग्यो । रेडस्टारका सविन कुमार लुंगेलीले दुवै गोल गर्दै टोलीलाई सेमिफाइनलमा र्पुयाएका हुन ।

खेलको ७६औं मिनेटमा मैदान छिरेका रोशन ठकुरीले दिएको आकर्षक पासमा लुंगेलीले पहिलो गोल गरेका थिए । त्यसपछि सहाराका खेलाडीको फाउलमा रेडस्टारले पाएको पेनाल्टीलाई पनि लुंगेलीले गोलमा परिणत गर्दै टोलीलाई दुई शुन्यको जित दिलाएका थिए ।

दुई गोलसहित उत्कृष्ट प्रदर्शन गरेका लुंगेली खेलको ‘म्यान अफ द म्याच घोषित भए । आज भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुढी र चर्चव्वाइज क्लब ललितपुरबीच प्रतिस्पर्धा हुनेछ ।

आठ टिम सहभागी प्रतियोगिताको उपाधि विजेताले नगद सात लाख दुई हजार ८२ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेतालाई तीन लाख ५० हजार दुई सय ८२ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।

फाइनल खेल साउन ३१ हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता