बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत परेको छ ।

सत्ता गठबन्धनसँग ६४ मत भएकामा एक जना अनुपस्थित भए । १ सय १० सदस्यीय प्रदेशसभामा बानियाँका लागि ५६ सांसदको समर्थन आवश्यक थियो । कांग्रेसका ३६ र एमालेका २७ सांसदले उनलाई मत दिएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार विदेशमा भएका कारण उनको मत बानियाँले पाएनन् ।

प्रदेशसभा बैठकमा ९२ सदस्य उपस्थित थिए । बानियाँको विपक्षमा २२ मत परेको छ भने ७ मत तटस्थमा परेको छ । बैठकमा १८ सांसद अनुपस्थित भए भने सभामुख मत विभाजनमा सहभागी भएनन् ।

उनी गत २० साउनमा एमाले र कांग्रेसको गठबन्धनका तर्फबाट प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेसकै बहादुरसिंह लामालाई राजीनामा गर्न लगाएर बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

epaper

ताजा समाचार

विराटनगरमा महेश बस्नेतलाई रातो मसी छ्याप्ने को ?