स्याङ्जाका दिदी-भाइले जिते स्वर्ण र रजत

स्याङ्जा । भीरकोट नगरपालिका वडा नं. ७ बलमाटा स्याङ्जामा स्थायी घर भई हाल काठमाडौमा अध्ययन गर्दै आएका एकै परिवारका दिदीभाईले अन्तर्राष्ट्रिय तेक्वान्दो (कराँते) प्रतियोगितामा स्वर्ण र रजत पदक जित्न सफल भएका छन् ।

काठमाडौंको न्युजेन स्पोर्ट एकेडेमीमा तेक्वान्दोको प्रशिक्षण लिदै आएका रायन अर्याल र रिया अर्यालले क्रमश स्वर्ण र रजत पदक जित्न सफल भएका हुन् । ३० देशबाट सहभागिता जनाएको प्रतियोगितामा झण्डै २५ हजार खेलाडीलाई पछि पार्दै उनीहरुले उक्त पदक जितेका हुन् ।

बिजेता खेलाडी अर्यालद्धोय सहित अन्यले पदकसँगै मलेसियाको रङ्गशालामा नेपालको राष्ट्रिय झण्डा फहराएर खुसी व्यक्त गरेका थिए । स्याङ्जामा जन्मिएका युवाहरुले राष्ट्रिय खेलकुदका विभिन्न विधामा पु-याएको चर्चा बीच अर्यालद्धोयले तेक्वान्दोमा हासिल गरेको सफलताले स्थानीय स्तरसँगै राष्ट्रिय चर्चा पाएको छ ।

भविष्यमा उनीहरुबाट तेक्वान्दो खेलमा विशेष प्रतिभा देखाउनेमा जिल्लाबासीले धेरै आशा गरेका छन् । अर्यालद्धोय स्याङ्जाका उद्योगपति, खिलुङ्कालिका एग्रो फार्म, गण्डकी मेडिकल कलेज तथा यूनीभर्शल मेडिकल कलेजका लगानी कर्ता भेषराज अर्यालका छोराछोरी हुन् । ९ वर्षिय रायन ४ र ११ वर्षिया रिया ७ कक्षामा काठमाडौंको एक विद्यालयमा अध्ययरत छन् ।

गतहप्ता(साउन २२ देखि २५ गतेसम्म) मलेसियाको निलाई इनडोर स्टेडियम नेगेरी सेम्बिलानमा संचालित सातौं हिरोज इन्भिटेशनल(आमन्त्रित) तेक्वान्दो कपमा नेपालको तर्फबाट अर्यालद्धोय सहित न्युजेनस्पोर्ट एकेडेमी काठमाडौंका खेलाडीले ४ स्वर्ण, २ रजत र १ कास्य पदक जित्न सफल भएका थिए ।

इन्डिभिजुयल (व्यक्तिगत) पुम्से (विधा) मा रायन अर्याल (स्याङ्जा) र साम्राज्ञी क्षेत्रीले स्वर्ण पदक जितेका थिए भने फेमिली पुम्सेमा स्वमिक महतरा र विष्णु महतराले स्वर्ण जित्न सफल भएको न्युजेन स्पोर्ट एकेडेमीले जनाएको छ ।

त्यसैगरि प्रतियोगिताकै इन्डिभिजुयल (व्यक्तिगत) पुम्सेमा रिया अर्याल (स्याङ्जा) र स्वमिकम हतराले रजत पदक जित्न सफल भएका छन् भने भर्चुअल तेक्वान्दोमा सुप्रेम गुरुङ्ले कास्य पदक जित्न सफल भएका छन् । प्रतियोगितामा ३० देशका ३ सय ५७ समूहका २५ हजार भन्दा बढि खेलाडी प्रतिस्पर्धा गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी र त्रिशुली बाढीपछि यस्ता छन् मन्त्रिपरिषद्का निर्णय