रसुवा । रसुवामा चीनतर्फबाट तर्फबाट ठुलो बाढी प्रवेश गरेको छ । बिहान ९ः१५ बजे तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
रसुवा जिल्ला हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव अस्वाभाविक रूपमा बढेको छ। बाढीले तिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ।
तिमुरे बजार र भन्सार क्षेत्रको अवस्था अज्ञात
घटनास्थलको अवस्था अत्यन्तै नाजुक रहेको र प्रभावित क्षेत्र आसपास बस्नसमेत नसकिने अवस्था सिर्जना भएको समाचारमा बताइएको छ । बाढी यति हिंस्रक छ कि माथिल्लो स्थानबाट समेत तल्लो क्षेत्रको अवस्था स्पष्ट रूपमा देख्न सकिएको छैन।
“बाढी एकदमै हिंस्रक छ। हामी ज्यान जोगाएर माथितिर भागेका छौँ। तलतिरको अवस्था नाजुक छ, माथिबाट पनि केही देखिएको छैन,” एक सरकारी अधिकारीले भनेका छन् ।
उनका अनुसार हालसम्म कति मानिस हताहत भए वा कति सम्पत्तिमा क्षति पुग्यो भन्ने यकिन हुन सकेको छैन। “त्यो वरिपरि बस्न सक्ने अवस्था नै छैन। खोलाले पुरै क्षेत्रलाई कोइरोजस्तो मण्डल बनाएको छ। माथिबाट पनि केही देखिएको छैन,” उनले भनेका छन्।
घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने अझै प्राप्त हुन बाँकी रहेको छ।
सम्बन्धित समाचार
‘मिनी संसद’मा पोशाक खरिद घोटाला प्रकरणले बबण्डर
रोल्पा पहिरो अपडेट : पुरिएर मृत्यु हुनेको संख्या तीन पुग्यो, ९ जना अझै बेपत्ता
चमत्कारको सन्देशसहित चुनदेवीमा चहलपहल
पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको एकल इजलासमा
सुदूरपश्चिम प्रदेशमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री नियुक्त
एकैपरिवारका ३ जना पुर्पक्षका लागि थुनामा
बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो
जाजरकोटको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जनाको खोजीकार्य जारी





