२१ बिधामा प्रदान गरियो चौथो म्युजिक खबर तीज म्युजिक अवार्ड

काठमाडौं । यो वर्ष तीजको अवसरमा बजारमा आएका १५० भन्दा बढी गीतलाई समेटेर बिहीबार काठमाडौँमा ‘चौथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’ आयोजना गरियो । समारोहमा विभिन्न २१ विधामा अवार्ड प्रदान गरियो । सोही समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पू¥याउने नारीलाई सम्मान समेत अर्पण गरिएको थियो ।

कार्यक्रममा चरित्र अभिनेत्री लक्ष्मी गिरीलाई विशिष्ट नारी सम्मान प्रदान गरियो । यस्तै अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौला, गायिकाद्वय मन्जु थापा, गायिका हरिमाया गुरुङ,सौन्दर्यकर्मी सानु थापा, निकिता पाण्डे र करुणा श्रेष्ठ पनि सम्मानित भए ।

संघीय सांसद रेखा यादवले सो अवार्ड समारोहमा विभिन्न कलाकारलाई सम्मान तथा अवार्ड गरिन् ।

कार्यक्रममा सर्वोत्कृष्ट तीज दोहोरी गायकको अवार्ड ‘म त माइत जाने हो’बाट प्रकाश कटुवालले र तीज दोहोरी गायिकाको अवार्ड ‘नाच्छु म बुरुक बुरुक’बाट मधु रसाइलीले हासिल जिते । सर्वोत्कृष्ट मौलिक तीज गीत गायिकाको अवार्ड ‘नाच्छ भने नाच्न दे’गीतबाट सरिता भारतीले हासिल गरिन भने मौलिक तीज संगीतको अवार्ड ‘किन्दिने हो कल्ले ?’ गीतबाट दीपक शर्माले पाए । सर्वोत्कृष्ट मौलिक तीज गीत शब्दको अवार्ड ‘आमा र माइतीको माया’बाट दीपक घिमिरेले प्राप्त गरे भने सर्वोत्कृष्ट तीज दोहोरी संगीतको अवार्ड ‘कस्की छोरी होला’बाट सचिन भट्टराईले थापे ।

यस्तै सर्वोत्कृष्ट गीत संयुक्त गायनको अवार्ड ‘सासूको तीज’ गीतबाट सुजाता केसी÷एलिना चौहानले पाए भने सर्वोत्कृष्ट तीज दोहोरी शब्दको अवार्ड ‘सम्पत्ति कमाउन’बाट विष्णु न्यौपानेले प्राप्त गरे ।

यस्तो डायस्पोराबाट निकालिएका तीज गीत अन्तर्गत सर्वोत्कृष्ट तीज गीत गीतकार डायस्पोरा गीतकारको अवार्ड ‘आयो रे आयो तीज’बाट कुमारी रेग्मीले, डायस्पोरा म्युजिक भिडियो निर्देशकको अवार्ड ‘परदेशीको तीज’बाट विनोद शाही र डायस्पोरा सर्वोत्कृष्ट तीज गीत गायिकाको अवार्ड ‘यिनका बुढाले’ गीतबाट विन्दु पौडेलले हासिल गरिन् ।

समारोहमा सर्वोत्कृष्ट तीज गीत मिक्सिङ अवार्ड समित परियारले, तीज गीत संगीत संयोजक अवार्ड रमेश सेन्चुरीले,

तीज गीत नवप्रतिभा अवार्ड श्रीराम पौडेलले हासिल गरे । यस्तै सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल पुरुषको अवार्ड विजय पुनले, तीज गीत भिडियो मोडल महिलाको अवार्ड करिश्मा ढकालले, तीज गीत संयुक्त मोडलको अवार्ड रितु तामाङ र सलिना नेपालीले, सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशकको अवार्ड शिवन पोखरेलले प्राप्त गरे ।

यस्तै सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफरको अवार्ड मुकेश नेपालीले, सर्वोत्कृष्ट तीज गीत भिडियोको अवार्ड दुर्गा पौडेलले, तीज गीत भिडियो सम्पादकको अवार्ड विनोद बमले, तीज गीत भिडियो श्रृंगारको अवार्ड गीता विकले हासिल गरे ।

समारोहमा सर्वोत्कृष्ट तीज गीतको अवार्ड मन्जु पौडेलले, मौलिक तीज गीत पब्लिक च्वाइस अवार्ड लक्ष्मी पुरी प्रधानले, म्यूजिक भिडियो महिला मोडल पब्लिक च्वाइस अवार्ड ज्योति खड्काले र पब्लिक च्वाइस अवार्ड मौलिक संगीतकारको अवार्ड विष्णु भण्डारीले हासिल गरे ।

यस्तै तीज गीत मौलिक संगीत संगीतकार जुरी अवार्ड संगीतकार रेशम चौधरीले, तीज गीत दोहोरी गायिका जुरी अवार्ड सन्जु न्यौपानेले हासिल गरे । नेपाली तीज गीतको प्रवर्धनको लागि आफूहरूले विगत चार वर्षदेखि शुभकामना मिडियाबाट यो अवार्ड आयोजना गर्दै आएको संस्थाका अध्यक्ष सुमन पण्डितले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स