मुम्बई । आफ्नो अभिनयले दर्शकको मन जित्दै आएका थुप्रै बलिउड अभिनेत्रीहरू विवाह अघि प्रेम सम्बन्धमा रहेर ‘लिभिङ टुगेदर’मा बसेको देखिन्छ । यसरी ‘लिभिङ टुगेदर’मा बस्ने क्रममा उनीहरूले विवाह गर्न समेत हतार ठानेनन् । कतिपय अभिनेत्रीहरू लामो समयसम्म ‘लिभिङ टुगेदर’मा बसेर पछि अलग भएका छन् । कतिपय अभिनेत्रीहरू भने ‘लिभिङ टुगेदर’मा रहँदा गर्भवती भएका छन् । यसरी ‘लिभिङ टुगेदर’को क्रममा कतिपय अभिनेत्रीले गर्भपतन गरेका घटनाहरू पनि नभएका हैनन् । तर केही अभिनेत्रीले ‘लिभिङ टुगेदर’मा रहेका बेला आफू गर्भवती भएपछि हतारमा विवाह गरेका घटनाहरू पनि प्रशस्त छैन । केहीको भने प्रेम सम्बन्ध टुटेपछि विवाह नै नगरी आमा बन्न वाध्य समेत हुुनु परेको छ । विवाह अघि नै गर्भवती भएकै कारण केही अभिनेत्रीहरू विवादमा समेत परेका थिए । उनीहरु सोही कारण विवादसँगै चर्चामा पनि रहे । कोही त आमा बनेपछि वल्ला विवाह गर्न बाध्य भए । यस विशेष रिपोर्टमा, हामी विवाह अघि नै गर्भवती भएका बलिउडका ती अभिनेत्रीहरूको चर्चा गर्दै छौँ ।

नीना गुप्ता
नीना गुप्ता आफ्नो समयकी बलिउडकी सर्वाधिक लोकप्रिय अभिनेत्री हुन् । नीनाले आफ्नो अभिनय यात्रामा धेरै हिट चलचित्रहरूमा काम गरिसकेकी छिन् । अभिनेत्री नीना पनि विवाह अघि नै आमा बनेकी कलाकारको सूचीमा समावेश छिन् । सन १९८० को दशकमा अभिनेत्री नीना वेस्ट इन्डिजका क्रिकेटर भिभियन रिचड्र्ससँग प्रेम सम्बन्धमा थिइन् । त्यति बेला यी दुबै ‘लिभिङ टुगेदर’मा बसेका थिए । सोही क्रममा अभिनेत्री नीना गर्भवती भइन् । तर खेलको ब्यस्तता देखाउँदै रिचड्र्सले उनीसँग विवाह गर्न मानेनन् । जसका कारण नीना गुप्ता अविवाहित आमा बनिन् । त्यति बेला उनले छोरीलाई जन्म दिइन् । विवाह नै नगरी आमा वनेपछि नीनाको भिभियनसँग प्रेम सम्बन्ध टुट्यो । त्यसको लामो समयपछि उनले सन २००८ मा विवेक मेहरासँग विवाह गरिन् ।

कल्की कोचलिन
बलिउड अभिनेत्री कल्की कोचलिन पनि थुपै्र सफल चलचित्रकी नायिका हुन् । अभिनेत्री कल्कीले पहिलो विवाह सन् २०११ मा बलिउडका प्रसिद्ध निर्देशक अनुराश कश्यपसँग गरेकी थिइन् । चलचित्रमा काम गर्ने क्रममा ‘लिभिङ टुगेदर’मा रहेकी यी दुईले विवाह गरेका थिए । तर उनीहरूको विवाह ४ वर्षसम्म मात्र टिक्यो । त्यसपछि दुवैको सम्बन्ध विच्छेद भयो । यसको केही समयपछि अभिनेत्री कल्की गाय हर्षबर्गसँग प्रेम सम्बन्धमा जोडिइन् । सोही क्रममा उनीहरु ‘लिभिङ टुगेदर’मा रहँदै गए । ‘लिभिङ टुगेदर’ मै रहँदा उनी गर्भवती भइन् । तर कल्की र हर्षबर्गबिच विवाह भएन । अन्ततः विवाह नै नगरी कल्कीले छोरी जन्माइन् । उनी विना विवाह नै छोरीको आमा भएकी हुन् ।

एमी ज्याक्सन
विवाह नै नगरी आमा बन्ने बलिउड अभिनेत्री एमी ज्याक्सन पनि हुन् । बेलायती मूलकी यी अभिनेत्री एक समय आफ्नो प्रेमी एन्ड्रियास पनायियोटौसँग प्रेम सम्बन्धमा थिइन् । प्रेम सम्बन्धमा रहने क्रममा यी दुई ‘लिभिङ टुगेदर’को रुपमा सँगै बस्न थाले । सोही क्रममा अभिनेत्री एमी ज्याक्सन सन् २०१९ मा गर्भवती भइन् । उनी गर्भवती भएपछि एमी र एन्ड्रियास बिच विवाह हुने चर्चा पनि चल्यो । तर त्यो विवाह चर्चामै सीमित रह्यो । जसका कारण एमीले विवाह नै नगरी आफ्नो प्रेमीको छोरालाई जन्म दिइन् । उनी आमा बनिसक्दा एन्ड्रियाससँगको प्रेम सम्बन्ध टुटिसकेको थियो । आमा बनेका ५ वर्षपछि अभिनेत्री एमी ज्याक्सनले सन् २०२४ मा एड वेस्टविकसँग विवाह गरिन् ।

कोंकणा सेन
कोंकणा सेन बलिउडकी एक प्रतिभाशाली अभिनेत्री हुन् । सुन्दरता भन्दा पनि उनीको अभिनयका दर्शकहरू प्रशंसक रहेका छन् । उनले अभिनेता अजय देवगनदेखि इरफान खानसम्म धेरै कलाकारसँग काम गरिसकेकी छिन् । अभिनेत्री कोंकणा सेन पनि विवाह नगरी आमा बनेकी हुन् । उनी रणवीर शोरेसँग प्रेम सम्बन्धमा थिइन् । सोही क्रममा उनी गर्भवती भइन् । आमा भएपछि उनले बल्ल शोरेसँग विवाह गरिन् । यद्यपि, उनीहरूको दाम्पत्य सम्बन्ध केही वर्षसम्म मात्र टिक्यो । त्यसपछि दुवै अलग भए ।

आलिया भट्ट
विवाह अघि नै गर्भवती भएकी अभिनेत्रीको सूचीमा आलिया भट्टको नाम पनि आउने गर्दछ । आलिया विवाह अघि नै गर्भवती भएकी थिइन भन्दा धेरैलाई अचम्म लाग्न छ । त्यति बेला उनी अभिनेता रणवीर कपूरसँग प्रेम सम्बन्धमा थिइन् । सोही क्रममा रणवीर र आलियाको विवाहको चर्चा चल्दै थियो । क्यान्सरका कारण रणवीरका पिता अभिनेता ऋषि कपुरको निधन भयो । जसका कारण आलिया र रणवीरको विवाह केही समयको लागि स्थगित भयो । रणवीरसँग ‘लिभिङ टुगेदर’मा बसेकी यी अभिनेत्री त्यति बेला गर्भवती भइसकेकी थिइन् । सोही कारण गर्भवती भएको केही महिनापछि अभिनेत्री आलियाले रणवीरसँग कानुनी विवाह गरिन् । त्यसैले विवाह भएको केही महिनामै आलियाले छोरी जन्माएक हुन् ।

नेहा धुपिया
विवाह नै नगरी गर्भवती हुने अभिनेत्रीको सूचीमा बलिउड अभिनेत्री नेहा धुपिया पनि पर्छिन् । उनी विवाह अघि अंगद बेदीसँग प्रेम सम्बन्धमा थिइन् । केही समयको डेट पछि यी दुई ‘लिभिङ टुगेदर’मा बस्न थाले । यसरी सँगै बस्ने क्रममा अभिनेत्री नेहा पनि गर्भवती भइन् । सोही क्रममा उनी विवाह गर्ने की नगर्ने भन्ने दोधारमा थिइन् । तथापि गर्भवती भएको केही महिनामा उनले अंगदसँग विवाह गरिन् । विवाहको समयमा नेहा गर्भवती भएको उनी आफैँले खुलासा गरिन् । विवाहको पाँच महिनापछि उनी आमा बनिन् ।

अमृता अरोरा
मलाइका अरोराकी बहिनी अमृता अरोरा पनि बलिउडकी परिचित अभिनेत्री हुन् । उनी पनि विवाह अघि साकिल लडकसँग प्रेम सम्बन्धमा थिइन् । सोही कारण उनी साकिलसँग ‘लिभिङ टुगेदर’मा रहन थालिन् । चलचित्रमा काम गर्ने क्रममा उनी गर्भवती भइन् । तर उनले गर्भपतन गरिनन् । गर्भवती भएको केही महिनापछि अमृताले साकिलसँग विवाह गरिन् । त्यसको केही समयपछि नै उनले बच्चा जन्माइन् । यसरी विवाह अघि नै गर्भवती भएको कुरा यी अभिनेत्रीले विभिन्न अन्तरवार्ता पनि स्विकारेकी छिन् ।

सेलिना जेटली
बलिउड अभिनेत्री सेलिना जेटलीले अस्ट्रेलियन नागरिक पेटर ह्यागसँग सन् २०११ मा विवाह गरेकी हुन् । विवाह अघि पेटर र सेलिना प्रेम सम्बन्धमा थिए । सोही क्रममा अभिनेत्री सेलिना गर्भवती भइन् । दुवैले त्यति बेला आफूहरू बाउ आमा बन्ने निर्णय लिए । परिणाम स्वरूप गर्भवती भएको केही महिनापछि सन २०११ को अन्तिमतिर सेलिना र पेटर दाम्पत्य सम्बन्धमा बाँधिए । त्यसको केही महिनापछि सन २०१२ मा अभिनेत्री सेलिनाले जुम्ल्याहा बच्चा जन्माइन् ।

महिमा चौधरी
बलिउड अभिनेत्री महिमा चौधरी पनि विवाह अघि नै गर्भवती भएकी कलाकारको सूचीमा पर्छिन् । सन २००६ मा अभिनेत्री महिमा र बबी मुखर्जी प्रेम सम्बन्धमा थिए । प्रेम सम्बन्धसँगै ‘लिभिङ टुगेदर’मा रहने क्रममा महिमा पनि गर्भवती भएकी थिइन् । त्यसको केही महिनापछि महिमा र बबीले विवाह गरे । समाचारका अनुसार अभिनेत्री महिमा चौधरी पनि विवाहअघि नै गर्भवती भइन् । सन २००६ मा विवाह गरेकी उनले केही महिनापछि सन २००७ मा छोरी जन्माइन् । तर उनीहरुको दाम्पत्य सम्बन्ध धेरै टिक्न सकेन् । सन २०१३ मा बबी र महिमाको दाम्पत्य सम्बन्ध विच्छेद भयो ।






