काठमाडौं । वर्षासँगै बाढीपहिरो जाँदा देशका विभिन्न स्थानका ११ ठाउँमा आज पनि प्रमुख राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका हुन्।
इलाममा मेची राजमार्ग, खोटाङमा मध्यपहाडी राजमार्ग, सिन्धुली र काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, मकवानपुरमा कान्तिलोकपथ, दोलखामा लामासाघु रामेछाप राजमार्ग, बागलुङमा कालीगण्डकी करिडोर, लमजुङमा बेसीँशहर मनाङ सडक, म्याग्दीमा बेनी जोमोम सडक र रुकुम पश्चिममा भेरी करिडोर जाजरकोट डोल्पा सडकमा आज बाढी र पहिरोले पूर्णरुपमा अवरुद्ध भएका हुन्।
त्यसैगरी भोजपुरमा मध्यपहाडी राजमार्ग र डडेल्धुरामा केआई सिंह राजमार्ग बाढीपहिरोको कारण आज एकतर्फी भएका छन्। प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको जनाएको छ। सडकको अवस्था’bout जानकारी लिएर मात्रै यात्रा गर्न पनि प्रहरीले आग्रह गरेको छ।
सम्बन्धित समाचार
बाढी–पहिरोले पाँच प्रमुख राजमार्ग अवरुद्ध
वर्षासँगै बाढीपहिरो जाँदा अवरुद्ध छन् यी ८ सडक
पहिरोले आठ सडक प्रभावित
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
तिनाउमा बाढी, सतर्क रहन विभागको आग्रह
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व






