करिब ८ करोड मूल्यको विद्युतीय चुरोट ‘भेप’ दैलेखमा बरामद

दैलेख । हुम्लादेखि नेपालगञ्ज लैजान लागेको करिब ८ करोड मूल्य बराबरको विद्युतीय चुरोट ‘भेप’ दैलेखस्थित सशस्त्र प्रहरीले बरामद गरेको छ । ३९ हजार ९ सय थान र तौलको हिसावले २ हजार ६ सय केजीको विद्युतीय चुरोट ‘भेप’ गएको आइतबार बरामद गरिएको हो । यो अहिलेसम्मकै ठूलो परिणाम हो ।

जिल्ला वन कार्यालय हुम्लाले ‘सेतक चिनी’ नामको जडिबुटी भनी टाँचा लगाई नेपालगञ्ज लैजान अनुमती दिइएको ना अ प आ ८३ नम्वरको ट्रक दैलेखस्थित सशस्त्र प्रहरीको टोलीले विशेष सुराकीको आधारमा दैलेखको आठविस नगरपालिका–६ खिड्की जिउलामा नियन्त्रणमा लिएको हो ।

ट्रकमा ५ हजार केजी ‘सेतक चिनी’ भनिए पनि २ हजार ६ सय केजी तौलको ३९ हजार ९ सय थान विद्युतीय चुरोट ‘भेप’, २सय ४ सय केजी ‘सेतक चिनी’, ट्रक सहित चालक साथमा रहेका तीन जनालाई आवश्यक कार्वाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरलाई बुझाएको छ ।

सशस्त्र प्रहरीले सूचित गरे अनुसार राजस्व अनुसन्धान कार्यालय कोहलपुरलाई प्रमुख उमेशराज रिमाल समेत दैलेखको डाबस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा पुगी गएको आइतबार बरामद मुचुल्का गरिएको थियो । बरामद भएका सामग्री बरामदसंगै आरोपित कारोकारहरुलाई सोमबार देखि आवश्यक कानूनी कारवाही थालेको छ ।

हुम्लाको सिमीकोट गाउँपालिका–३ बम २७ वर्षीय छिरिङ्ग लामा, मुगुको खत्याड गाउँपालिका–५ का ३२ वर्षीय जनक रोकाय र गाउँपालिका–५ कै २७ वर्षीय ट्रक चालक भूमी रोकायलाई कोहलपुर प्रहरीको हिरासतमा राखी राजस्व अनुसन्धान कार्यालयले अनुसन्धान थालेको छ ।

राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख रिमालले जिल्ला बन कार्यालय हुम्लाले ‘सेतक चिनी’ नामको जडिवुटी भनेर ट्रक सिलबन्दी गरिएको तर कुनै बिल विजक तथा कागज पत्र नभएको जानकारी दिए । हुम्लाको सिमीकोट, खार्पुनाथ, कालिकोटको बालुकुना तिलचौर, राताडाँडा दैलेखको जितेगडासम्म कर्णाली करिडोरको डेढ सय किलोमीटर दूरी पार गरी सकेपछि खिड्की जिउलामा गाडी नियन्त्रणमा परेको थियो ।

विद्युतीय चुरोट ‘भेप’ के हो कहाँ बट आउँछ ?
चुरोटको तलतल मेट्न पछिल्लो समय विद्युतीय चुरोट ‘भेप’को सेवन युवा जमातमा बढ्न थालेको छ । नेपालमा अवैध मानिएको विद्युतीय चुरोट ‘भेप’मा चुरोट भन्दा कडा निकोटिन हुने भएकोले सेवन नगर्न चिकित्सकहरुले सल्लाह दिएका छन् ।

रसुवा र मुस्ताङ्गबाट बेलाबेला भित्रिने गरेको विद्युतीय चुरोट ‘भेप’ कर्णाली क्षेत्रबाट भित्र्याउन लागिएको अवस्थामा फेला पारिएको पहिलो पटक हो । चीनको व्यापारिक नाका हुँदै भित्रिने गरेको विद्युतीय चुरोट ‘भेप’ नेपालका सहरहरु र भारतमा सप्लाई हुने गरेको छ ।

भन्सार विभागकै तथ्याङ्क हेर्दा यो वर्ष मलेसियाबाट ११९ केजी भेप भित्रिएको देखिन्छ । अघिल्लो वर्ष चीनबाट १९९ केजी र मलेसियाबाट ८२ केजी भेप नेपाल भित्रिएको विभागको आँकडा छ । नेपालमा अवैध मानिएको ‘भेप’ एकै पटक यति ठूलो मात्रामा फेला पारिएको पहिलो पटक हो ।

नेपालमा अबैध मानिएको चुरोट ‘भेप’
पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका २०७१ को दफा २८ मा यस्ता ‘भेप’ समेतलाई बिक्री वितरणमा प्रतिबन्ध लगाउने व्यवस्था छ । उक्त दफाको उपदफा ३ मा कसैले पनि विद्युतीय चुरोट ‘भेप’ उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिक यातायतमा उपभोग र सञ्चारमाध्यमबाट प्रवद्र्धन गर्न नपाइने व्यवस्था गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका सुर्तीजन्य पदार्थ नियन्त्रण शाखाका प्रमुखले विद्युतीय चुरोट ‘भेप’को आयात, निर्यात, उत्पादन, बिक्री वितरण र प्रचार प्रसारमा रोक लगाउन सम्बन्धित निकायलाई पत्राचार गरेको छ । तर पनि लुकीछिपी ‘भेप’को व्यापार हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

गर्भकै नीतिको आडमा राजश्व कार्यालय सिमराको कार्य सम्पादन