काठमाडौं । अभिनेता दयाहाङ राईले निर्माण पक्षबाट समयमा पारिश्रमिक दिन नसक्दा धेरै चलचित्रका कामहरू बिचमै रोकिने गरेको बताएका छन् । बिगतमा थुप्रै चलचित्रमा यस्तो समस्या भोगेका उनले कलाकार प्राविधिकको पारिश्रमिक भने समयमै दिनु पर्ने बताएका छन् ।
यही २० भदौबाट रिलिज हुने नेपाली चलचित्र ‘रिमै’को पारिश्रमिक विवाद’bout अभिनेता दयाहाङ राईले सञ्चारकर्मीलाई मंगलबार स्पष्ट पार्दै यसो भनेका हुन् । निर्माण पक्षले काठमाडौँमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा दयाहाङले छायांकनको क्रमबाटै यो चलचित्रको प्राविधिकको पारिश्रमिक ’bout पनि समस्या आएको बताए । यो चलचित्रमा काम गरेका प्राविधिकहरूलाई पारिश्रमिक समयमा नदिएको भन्दै अभिनेता दयाहाङ चलचित्रको प्रचार प्रसारमा सहभागी नभएको चर्चा थियो । अभिनेता दयाहाङले प्राविधिकको पारिश्रमिकको लागि आफूले अडान लिएको स्पष्ट पारे ।
सो विषयमा अभिनेता दयाहाङले राजधानीसँगको जिज्ञासामा भने, ‘काम गरेपछि समयमा कलाकार प्राविधिकहरूले पारिश्रमिक पाउनु पर्छ भनेर मैले आवाज उठाएको हुँ । तर समयमा पैसा आएन भनेर हामीले एक दिन पनि चलचित्र रिमैको छायांकन कार्य रोक्न दिएनौँ ।’
चलचित्र ‘रिमै’को टिमले कलाकार र प्राविधिकको पारिश्रमिक नदिएको भन्दै दयाहाङले यो चलचित्रको पोस्टर सहित प्रचार सामग्री ‘शेयर’ नगरेको भन्ने समाचार यो साता मिडियामा आएको थियो । यो विषयमा आफूले प्राविधिकहरूको पारिश्रमिकको पक्षमा अडान लिएको दयाहाङले बताए । तर चलचित्रको प्रचारमा आफूले कुनै वाधा नपु¥याएको पनि उनले स्पष्ट पारे ।
प्राविधिकको पक्षमा आफूले अडान लिनुको कारण’bout अभिनेता दयाहाङले भने,‘चलचित्रका प्राविधिकहरू निकै कम पारिश्रमिकमा काम गरिरहनु भएको हुन्छ र सम्बन्धित चलचित्रबाट पारिश्रमिक लिएर उहाँहरूले घर खर्च चलाउनु पर्छ । निर्धारित समयमा पारिश्रमिक नपाउँदा उहाँहरुको घर चल्न समेत गाह्रो हुने भएकाले चलचित्र रिमैको छायांकनमा प्राविधिकको पारिश्रमिकको व्यवस्थापनमा मैले समेत सहयोग गरेको हुँ ।’
हुन पनि चलचित्र छायांकन सकिन लाग्दा सुरुको किस्ता पारिश्रमिक नै प्राविधिकहरूले पाएका थिएनन् । घटना अनुसार यो चलचित्रकी अभिनेत्री रिश्मा गुरुङ तीन दिन पछि जसरी पनि अमेरिका फर्कनु पर्ने कार्य तालिका थियो । तर आफूहरूले पारिश्रमिक नभएको भन्दै प्राविधिकहरूले चलचित्रको छायांकन नै रोक्ने निर्याण गरे । यो विषय’bout स्पष्ट पार्दै यसका कार्यकारी निर्माता बिरबल घलेले राजधानीसँग भने,‘शुक्रवार मध्यान्न भइसकेका कारण चेक समेत साट्ने अवस्था थिएन र हामी पैसाको व्यवस्थापनमा लागिरहेको बेला एकाएक प्राविधिकहरूले बाँकी काम नगर्ने निर्णय गरेका हुन् । सो क्रमका अभिनेता दयाहाङले प्राविधिकहरूको पारिश्रमिक आफ्नो खाताबाट क्युआरमार्फत तत्कालै दिएर छायांकन अघि बढाउन सहयोग गर्नु भएको हो ।’
यसरी आर्थिक अभावको बेला दयाहाङको सहयोगले चलचित्र रिमैको छायांकन सम्पन्न भएको पनि कार्यकारी निर्माता घलेले बताए । केही प्राविधिकहरूको अझै पारिश्रमिक बाँकी रहेको भनेर समाचार आएको कुरालाई सम्बोधन गर्दै आफूहरूले हालै मात्र सबै प्राविधिकको पारिश्रमिक दिएको उनले दाबी गरे । केही कलाकारहरूको पारिश्रमिक भने बाँकी रहेको जनाउँदै उनले भने,‘केही मुख्य कलकारलाई ४÷५ लाख रुपैयाँ जति पारिश्रमिक दिन अझै बाँकी छ । यो हप्ता भित्रै हामी सबै पारिश्रमिक दिएर त्यसपछि मात्र चलचित्रको सेन्सर गर्ने छौँ ।’
गुरुङ संस्कृतिमा आधारित चलचित्र ‘रिमै’को प्राविधिकहरूको पारिश्रमिक समस्याको उजुरी नेपाल चलचित्र प्राविधिक संघमा पुगेको थियो । २०८१ सालमा निर्माणसँगै प्रदर्शन भएका ६ वटा चलचित्रले प्राविधिकको पारिश्रमिक नदिए पछि पछिल्लो समय प्राविधिक संघले प्राविधिकको पारिश्रमिक उठाउनमा कडाइ गरेको छ । पारिश्रमिक पूर्ण रूपमा चुक्ता नगरेका चलचित्रलाई संघले सेन्सरमा रोक्न थालेको छ । यही कारण ‘रिमै’का प्राविधिकहरुले पनि सो संघमा यो समस्या सुनाएका थिए ।
केही समय ढिला भए पनि आफूहरूले प्राविधिकको पारिश्रमिक चुक्ता गरेको बताउँदै कार्यकारी निर्माता बिरबलले भने,‘१०लाखको कारण दुई करोडको चलचित्र रोक्न हामी चाहँदैन थियौँ । ढिलै भए पनि हामीले पारिश्रमिक समस्या हल गरेका कारण अब हाम्रो चलचित्र २० भदौमा रिलिज हुन्छ ।’
दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले मगर लगायतको शीर्ष भूमिका रहेको चलचित्र ‘रिमै’लाई खिलबहादुर गुरुङले निर्माण तथा निर्देशन गरेका हुन् । गुरुङ समाजमा जन्म देखि मृत्युसम्म हरेक कार्यमा छोरी अनिवार्य चाहिने भएकाले यो चलचित्रमा छोरीको महत्वलाई प्रस्तुत गरिएको पनि कार्यकारी निर्माता घलेले राजधानीलाई बताए । यो चलचित्रले गुरुङका थुप्रै रोचक संस्कृतिलाई दर्शकमाझ प्रस्तुत गर्ने पनि उनले जिकिर गरे ।






