अमेरिकाको २०० चलचित्र घरमा ‘बलिदान’

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र नेपालसँगै विदेशमा पनि विभिन्न चलचित्र घरमा रिलिज हुने क्रम मौलाएको छ । यसै क्रममा आगामी दसैँको अवसर पारेर फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ अमेरिकामा पनि रिलिज हुने भएको छ ।

यो चलचित्रलाई अमेरिकामा रिलिज गर्ने अधिकार त्यहाँको ‘एएमसी सिनेमा चेन’ले किनेको छ । यो चेनले दसैँमा आफ्नो चलचित्रलाई २०० भन्दा बढी चलचित्र घरमा प्रदर्शन गर्ने सम्झौता भएको यसका निर्माता निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् । आफ्नो चलचित्र ‘बलिदान’ले अमेरिकामा करिब एक हजार सो पाउने विश्वास उनले गरेका छन् ।

यसअघि कुनै पनि नेपाली चलचित्र एएमसी चेनमा यसरी बृहत् रूपमा प्रदर्शन नभएको पनि सेनले जिकिर गरे । यो इतिहास बनाउँदै ‘बलिदान’ ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पु¥याएको उनको कथन छ । यो चलचित्र अब अमेरिकामा एएमसीसँगै सिने मार्क, मार्कस र रेगलजस्ता अन्य अमेरिकी चेन चलचित्र घरहरूमा पनि प्रदर्शन हुनेछ ।

चलचित्र ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतका कलाकारको अभिनय रहेको छ । आशुसेन फिल्म्सको प्रस्तुतिमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेको यो चलचित्र नेपाल पनि फूलपातीको दिनबाट रिलिज हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवाको टिमुरेस्थित सिमानामा नेपालको झण्डा राखियो