सुत्केरी महिलाकाे कोभिड १९ बाट मृत्यु भएकाे पुष्टि

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभीड १९) को संक्रमणका कारण सिन्धुपाल्चोकमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । काभ्रेको धुलिखेल अस्पतालमा गरिएको स्वाब परीक्षणबाट मृतक महिलामा कोरोनाको संक्रमण भेटीएको थियो । मृतक महिलाको स्वाबको थप परीक्षणका लागि टेकु स्थित केन्द्रीय प्रयोगशालामा लगिएको छ । बाह्रविसे नगरपालिका ९ राम्चे ठोस्नेरीकी २९ वर्षीया सुत्केरीको कोरोनाकै कारण मृत्यु भएको धुलिखेल अस्पतालले जानकारी दिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भएपछि बैशाख २५ गते सुत्केरी महिलाको परिवार सिन्धुपाल्चोक बाह्रविसे ९ राम्चेको घरमा आएका थिए । काठमाडौको गोगंबु क्षेत्रमा डेरा लिएर बस्ने महिलालाई सुत्केरी बेथा लागेपछि बैशाख २३ गते टिचीङ अस्पतलामा भर्ना गराइएको थियो । २४ गते नर्रमल डेलीभर भएपछि ति महिलालाई बैशाख २५ गते अस्पतालले डिस्चार्ज गरेको थियो ।

अस्पतालले डिस्चार्ज गरेपछि नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोबाट सञ्चालित बा २१ च ३२८२ नम्बरको एम्बुलेन्समा घर आएको आफन्तले जानकारी दिएका छन् । पहिलादेखि नै फोक्सोमा संक्रमणको कारण समस्यामा रहदै आएकी ति महिलालाई कोरोना सँग मिल्दोजुल्दो लक्षण देखापरेपछि बाह्रविसे प्रथामीक स्वास्थ्य केन्द्रमा परीक्षणका लागि बैशाख ३१ गते स्वास्थ्य केन्द्रमा पुगेका थिए ।

अवस्था जटिल भएपछि प्राथामीक स्वास्थ्य केन्द्रले धुलिखेल अस्पतालमा जानको लागि भनेपनि ति महिलाको परिवार अस्पतालमा नगएर धुलिखेल गएका थिए । बाह्रविसे प्राथामीक स्वास्थ्य केन्द्रले प्रहरी प्रशासन लगायत अन्य निकायहरुलाई जानकारी गराएपछि धुलिखेल पुगे नपुगेका ’boutमा बाह्रविसे स्वास्थ्य केन्द्रले जानकारी लिएको थियो । अस्पतालमा नपुगेको सूचना आएपछि प्रहरीको टोली उनको घरमा नै गएर पहिला आएको एम्बुलेन्समा राखेर उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको बाह्रविसे नगरपालिकाकी उपप्रमुख शुसिला पाख्रिनले जानकारी दिइन ।

बाह्रविसे प्राथामीक स्वास्थ्य केन्द्रमा पुग्दा सुत्केरी महिलालाई मुटुमा पनि समस्या देखिएपछि उनको त्यही आरडीटी परीक्षण गरिएपनि परीक्षणमा नेगेटीभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए । जेठ १ गते बेलुकी धुलिखेल अस्पतालमा पु¥याएको केही समयमा नै उनको निधन भएका अस्पतालले जानकारी दिएको छ । धुलिखेलमा सुत्केरी महिलाको अरडीटी परीक्षणमा भने पोजेटीभ नतिजा देखिएकको धुलिखेल अस्पताल स्रोतले जानकारी दिएको छ ।

‘अस्पताल ल्याउन साथ उनको राती ११ बजे निधन भयो’,धुलिखेल अस्पताल स्रोतले भन्यो । सुत्केरी महिलाको साथमा उनको शिशुलाई पनि सँगै धुलिखेल लगिएको थियो । आमाको मृत्यु भएपछि नवजात शिशु लगायत उनको परिवारलाई शनिबार नै क्षेत्रीय क्वारेन्टाइन लामोसाँघुमा राखिने स्वास्थ्य कार्यालयका प्रमुख चापागाईले जानकारी दिए । शिशु सहित उनको श्रीमान,सासु र नन्दको समेत पीसीआरका लागि स्वाब संकलन गरिएके धुलिखेल अस्पतालले जानकारी दिएको छ । रिपोर्ट नआउदा समेत सबैलाई क्वारेन्टाइनमा राखिने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

स्थानीयले भने उनलाई काठमाडौ बस्दा नै कोरोनाको संक्रमण भएको हुन सक्ने आशंका गरेका छन् । गाउँको घरमा आएको त धेरै भएको छैन,उनीलाई उतै बस्दा नै कोरोना लागेको हुनुपर्छ स्थानीय कृष्ण कार्कीले भने ।

तिन वडा सहित बाह्रविसे प्राथामीक स्वास्थ्य केन्द्र शिल

कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षणबाट सुत्केरी महिलाको मृत्यु भएपछि जिल्ला सुरक्षा समितिले बाह्रविसे नगरपालिकाको एउटा वडा र बलेफी गाउँपालिकाका दुइ वडालाई शिल गर्ने निर्णय गरेको छ । सुत्केरी महिलाको घर रहेको बाह्रविसे नगरपालिका ९ र छिमेकी बलेफी गाउँपालिका ७ र ८ लाई शिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । वडा शिलका लागि व्यापक रुपमा सुरक्षा फौज खटाउने सुरक्षा समितिले निर्णय गरेको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत परिचालन गर्ने निर्णय भएको प्रजिअ ढकालले जानकारी दिए । त्यसैगरी बाह्रविसे प्राथामीक स्वास्थ्य केन्द्र समते शिल गरिने भएको छ । मृत्यु भएको महिलाको सम्र्पकमा रहेका व्यक्तिहरुलाई कन्टयाक्ट टेसिङ गरी पीसीआर गरिने निर्णय भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे ?