बालेनको देश बनाउने टोलीपछि देश उभो टोली सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देश बनाउने टोलीपछि देश उभो लाउने टोलीको सार्वजनिक गरेका छन् । 

बालेनले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित आफ्नो तस्बिर राखेर मंगलबार दिउँसो सामाजिक सञ्जालमा देश उभो लगाउने टोली भएको पोस्ट गरेका छन् । ‘देश उभो लाउने टोली, निक्कै मिहिनेती मान्छेहरु,’ उनले लेखेका छन् ।

प्रधानमन्त्री बनेको केही दिनपछि बालेनले गृहमन्त्री सुधन गुरुङ र भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालको तस्बिर राखेर त्यसलाई देश बनाउने टोली भनेका थिए । भारत भ्रमणमा जाँदा अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको तस्बिरलाई राखेर उनले देश उभो लगाउने टोली भनेका छन् ।

यो तस्बिर अर्थमन्त्री वाग्लेले सोमबार राति नै फेसबुकमार्फत सार्वजनिक गरेका थिए । त्यही तस्बिरलाई बालेनले मंगलबार फेसबुकमा राखेका हुन् ।  
 

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट