९ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि

काठमाडौं । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फका गरी नौ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये एक जना नेपाली सेनाका उच्च तहका व्यक्ति छन् ।

शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार काभ्रे घर भई मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत २६ र ५२ वर्षीय सैनिकमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएका दुवै जना पुरुष हुन् । उनीहरूमध्ये एक जना उच्चपदस्थ सैनिक अधिकृत भएको स्रोतले जनाएको छ ।

उच्चपदस्थ सैनिक अधिकृत पनि संक्रमित

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सो’bout प्रस्ट्याउन चाहेनन् । उनले दुवै जना नेपाली सेनामा कार्यरत रहेको पुष्टि गरे । उनले संक्रमित दुवै सैनिक यस बीचमा कहाँ–कहाँ पुगेका थिए भन्ने ’bout छानबिन थालिएको जानकारी दिए ।

यसैगरी, नेपाल प्रहरीतर्फ तीन जनामा संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरीतर्फ तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रहरीतर्फ कपिलवस्तुमा कार्यरत नेपाल प्रहरीका सई, हबलदार र जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक जवानमा संक्रमण देखिएको हो ।

यसैगरी, सशस्त्र प्रहरीतर्फ पनि तीन जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा दुई जना र कपिलवस्तुमा एक जनामा संक्रमण देखिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरूमध्ये एक जनाको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, अर्काको टेकु र कपिलवस्तुमा उपचार भइरहेको छ । कपिलवस्तुमा संक्रमण देखिएका सशस्त्र प्रहरीका सई हुन् । संक्रमण देखिएका अर्का एक जना भने राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत असई हुन् । उनीहरूमा गत बुधबार नै संक्रमण पुष्टि भएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका सबै स्थानीय तहको मत गणना सकियो (सूचीसहित)