काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) सरकारको सम्पर्कमा आएको छ । ट्विटरको सिंगापुरस्थित कार्यालयबाट इमेल प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । सिंगापुरबाट मार्कको नाममा आएको इमेलमा दर्ता प्रक्रिया र आवश्यक डकुमेन्टका ’boutमा सोधिएको र इमेल प्राप्त हुनासाथ जवाफ पठाइसकिएको उनले बताए । उनले भने, ‘हामीले आवश्यक डकुमेन्टको विवरणसहित जवाफ पठाइसकेका छौँ ।’
मेटाबाट औपचारिक जानकारी आएको छैन : सञ्चार मन्त्रालय
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुकको सञ्चालक संस्था मेटा दर्ताका लागि औपचारिक प्रक्रियामा नआएको बताएको छ। सञ्चार मन्त्रालयका प्रवक्ता ठाकुरले हालसम्म मेटा कम्पनी दर्ता प्रक्रियाका लागि औपचारिक रुपमा सम्पर्कमा नआएको जानकारी दिए ।
उनले भने, ‘औपचारिकरुपमा सरकारको इमेलमा आएको भए वा त्यहाँ माग गरेको भए एउटा कुरा हुन्थ्यो। उहाँहरुलाई आवश्यक डकुमेन्ट के के चाहिन्छ त्यो त अलरेडी हाम्रो वेबसाइडमा छ ।’






