जनकपुरका दुई संक्रमित ओभरसियर पढ्ने विद्यार्थी

जनकपुरधाम । धनुषामा फेला परेका दूई जना कोरोना संक्रमित चितवनबाट जनकपुरधाम आएका थिए । दुबै जना ओभरसियर पढने विद्यार्थी रहेका हुन् । उनीहरु दुबैजना चितवनबाट साइकल चलाएर धनुषा आएका थिए ।

संक्रमित ब्यक्तिहरु धनुषाको नगराइन नगरपालिका वडा– ९ घोडघास गाउँका बासिन्दा हुन् । उनीहरु अहिले धनुषाको नगराइन नगरपालिकाको गंगुली स्थित प्रादेशिक क्वारेनटाइनमा बसेका छन् । उक्त क्वारेनटाइनका संयोजक सन्तोष ठाकुरका अनुसार संक्रमित ब्यक्तिहरु चितवनबाट धनुषा आएका थिए ।

ठाकुरले भने, ‘क्वारेनटाइनमा समेत साइकल चढेर नै उनीहरु आएका थिए ।’ उनीहरु ओभरसियर पढ्ने बिद्यार्थी हुन् । चितवनको देवकोटा चौकस्थित आदिकवि भानुभक्त क्याम्पसमा ओभरसियर पढ्ने बिद्यार्थी हुन् । उक्त क्वारेनटाइनका संयोजक ठाकुरका अनुसार उनीहरु सुरुमा त्यहाँ छात्रावासमा बस्ने गरेका थिए तर लकडाउन हुनु अघि बाहिर कोठा भाडामा लिएर बस्ने गरेका थिए ।

उनीहरु चितवनमा भाडामा बस्दा महोत्तरी र सिरहाका समेत एक एक जना उनीहरु संग उक्त कोठामा बस्ने गरेका थिए । महोत्तरी र सिरहाका ती दुई जना बिद्यार्थी भने लक डाउन भएको केही दिनमैं गाउँ फर्किएका थिए । उनीहरु घर पुगेर क्वारेनटाइनमा आए वा सिधा क्वारेनटाईनमा आए भन्ने कुराको अनुसन्धान भइरहेको छ ।

तथापि उनीहरु सीधा क्वारेनटाइनमा नै आएको दाबी गरेकोमा थप अनुसन्धान भइरहेको ठाकुरले बताए । उनका अनुसार त्यहाँ क्वारेनटाइनमा समेत उनीहरु दुई जनालाई छुट्टै कोठामा राखिएको थियो । कोठा नम्बर १४ मा उनीहरुलाई राखिएको थियो । अन्य मानिसहरु संग उनको सम्पर्क हुन नदिइएको उनले बताए ।

उनीहरु क्वारेनटाइनमा आएकै दिन बैशाख ३० गते स्वाब संकलन गरिएको थियो । अहिले उनीहरु क्वारेनटाइनमा नै रहेको भए पनि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरको कोविड बिशेष अस्पतालमा पठाउने तयारी गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 459 times, 1 visits today)

epaper

ताजा समाचार

इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत