काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको दायरामा रही निकास दिने काम भइरहेको बताएका छन् । उनले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन आग्रह गर्दछु ।’
राष्ट्रपति पौडेलले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षसँग अपिल गरेका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवम हर प्रयास गर्दैछु ।’

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)






