बलिउडलाई दक्षिण भारतीय चलचित्रको चुनाैति

मुम्बई । कुनै समय बलिउड चलचित्रको बजार उत्तरी, पश्चिम र पूर्वी भारत हुने गथ्र्यो । जबकी दक्षिणमा दक्षिणी भारतीय चलचित्रको रजगज चल्ने गर्दथ्र्यो । तर केही वर्ष यताबाट दक्षिण भारतीय चलचित्रलेको बजार पुरै भारतमा फैलिएको छ । यसै क्रममा पछिल्लो समय भारतीय बजारमा बलिउड र दक्षिणी भारतीय चलचित्रबिच ठुलो व्यबसायिक प्रतिस्पर्धा हुने गरेको छ । अहिले बलिउड आफैँ दक्षिण भारतीय चलचित्रको प्रतिस्पर्धामा पछि पर्न थालेको छ ।

गत महिना दक्षिण भारतीय चलचित्र ‘कुली’ र बलिउड चलचित्र ‘वार २’बिच प्रतिस्पर्धा भएको थियो । जस मध्य रजनीकान्त, आमिर खानलगायतले अभिनय गरेको दक्षिण भारतीय चलचित्र ‘कुली’ले भारतीय बक्स अफिसमा ३३६ करोड रुपैयाँको व्यापार ग¥यो । यो व्यापार भारतमै ५०० करोड पुग्ने आशा गरिएको थियो । तर दक्षिण भारती र बलिउड चलचित्रको प्रतस्पर्धाले गर्दा ब्यापार यति मै सिमित रह्यो । यस्तै ‘कुली’सँग प्रतिस्पर्धा गरेको बलिउड चलचित्र ‘वार २’ले भारतमा २८२ करोड रुपैयाँको व्यापार ग¥यो । ऋतिक रोशन, जुनियर एनटिआरको मुख्य भूमिका रहेको यो चलचित्रको व्यापार पनि ‘कुली’को कारण सोचे अनुसार हुन सकेन । यो प्रतिस्पर्धामा व्यापारिक हिसाबले बलिउडलाई दक्षिण भारतले पछि पारेको छ ।

यस्तै यो साता पनि बलिउड चलचित्र र दक्षिण भारतीय चलचित्रबिच भारतमा राम्रो प्रतिस्पर्धा भयो । दुबै चलचित्र राम्रो भएका कारण एक साथ रिलिज हुँदै दुबैको व्यापारमा असर परेको छ । गत शुक्रबार बलिउड चलचित्र ‘बागी ४’ र दक्षिण भारतीय चलचित्र ‘दिल मद्रासी’ एकसाथ रिलिज भए । हुन त अर्को बलिउड चलचित्र ‘द बंगाल फाइल्स’ पनि रिलिज भएको थियो । यी दुई चलचित्रको सामु ‘द बंगाल फाइल्स’ खासै चर्चामा रहेन ।

एक्सन, थ्रिलर र रोमान्टिक–ड्रामा जनराको चलचित्र ‘बागी ४’ टाइगर श्राफको ‘बागी’को चौथो सृंखला थियो । रिलिज भएकै दिन यो चलचित्र इन्टरनेटमा पाइरेसी भएका कारण पनि यसको व्यापारमा असर प¥यो । टाइगरको ‘बागी ४’ थिएटरहरूमा रिलिज भएको ७ दिन भइसकेको छ । यो चलचित्रले रिलिज भएको ६ दिन बुधबारसम्म भारतमा ४२.४ करोड रुपैयाँको व्यापार गरेको छ । ‘बागी ४’ले सुरुमा बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । तर सोमबारबाट यसको व्यापार निकै तल झ¥यो । बुधबार यसले २.२५ करोड रुपैयाँको व्यापार गर्दै रिलिज भएको ६ दिनमा भारतमा कुल व्यापार ४२.४ करोड रुपैयाँ पु¥याएको हो । कुल लागत लगभग २०० करोड रुपैयाँ लागेको यो चलचित्रको अहिलेको व्यापार हेर्दा ‘बागी ४’ हिट हुने सम्भावना कमै छ । यो चलचित्रको व्यापारमा दक्षिण भारतीय चलचित्र ‘दिल मद्रासी’ बाधक बनेको हो ।

चलचित्र ‘बागी ४’को निर्माण टिमले यो दक्षिण भारतीय चलचित्रलाई त्यति ठुलो रुपमा लिएको थिएन । तर ‘दिल मद्रासी’ले बक्स अफिसमा ‘बागी ४’लाई यस्तो टक्कर दियोकी व्यापारमा ‘बागी ४’ पछि परेको छ ।

रिलिज भएको पहिलो दिनमै चलचित्र ‘दिल मद्रासी’ले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै १२ करोड रुपैयाँभन्दा बढी कमाएको थियो । यो चलचित्रले रिलिज भएको छैटौँ दिन बुधबार भारतमा २.१ करोड रुपैयाँको व्यापार गरेको छ । यसरी रिलिज भएको छैटौँ दिनसम्म ‘दिल मद्रासी’ले भारतीय बक्स अफिसमा ४६.७१ करोड रुपैयाँको व्यापार गरिसकेको छ । यसरी बलिउडको निकै ठुलो चलचित्र मानिएको ‘बागी ४’लाई प्रदर्शनी छैटौँ दिनमा ‘दिल मद्रासी’ले कुल व्यापारमा ४ करोडले पछि पारेको छ ।

हुत त सोही मितिमा रिलिज भएको विवेक अग्निहोत्री निर्देशित बलिउड चलचित्र ‘द बंगाल फाइल्स’ले पूर्वी भारतमा ‘बागी ४’लाई व्यापारमा ठुलै असर ग¥यो । लामो समयपछि मिथुन चक्रवर्ती यो चलचित्रमार्फत दर्शकमाझ आएका थिए । बुधबारसम्म यो चलचित्रले भारतमा कुल १०.२४ करोड रुपैयाँको व्यापार गरिसकेको छ ।

यसरी पछिल्लो आँकडा हेर्दा दक्षिण भारतीय चलचित्रले पुरा भारतमा आफ्नो व्यापार बढाएको छ । कुनै समय हलिउड पछि विश्वमा आफ्नो सामाज्य बनाउन सफल बलिउड अहिले भारतमै दक्षिण भारतीय चलचित्रको सामु व्यापारमा पछि पर्न थालेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 337 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल शनिबार भारत भ्रमणमा जाँदै