काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ ।
राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार त्यसलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्नेछ। त्यही बैठकले संसद विघटनको निर्णय गरी स्वीकृतिको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ।
‘मन्त्रिपरिषदले संसद विघटनको सिफारिस गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनेछ,’ पोखरेलले भने। आन्दोलनरत जेन-जी युवाहरूको मागअनुरूप संसद विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो।
तपाइको प्रतिक्रिया
(Visited 718 times, 1 visits today)






