नेपालको जय भन्दै आए सत्यराज र निशा

काठमाडौं । मुलुकमा बढ्दो भ्रष्टाचार र बेथिति विरुद्ध यसै साता ‘जेनजी’ पुस्ताले गरेको आन्दोलन पछि नेपालीको राजनीतिमा व्यापक उथल पुथल आएको छ । अझै तरल अवस्थामै रहेको नेपालको शान्तिको लागि गायक सत्यराज आचार्य र गायिका निशा देसारको स्वरमा राष्ट्रिय भावले ओतप्रोत गीत यति बेला सार्वजनिक गरिएको छ ।

‘नेपालको जय जय नेपालीको जय…’ गीतको भिडियोलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । गीतको रचना सशस्त्र प्रहरी बल महानिरिक्षक राजु अर्यालले गरेका हुन् । गीतमा राष्ट्रको समुन्नतको लागि सबै क्षेत्रबाट पहल हुनु पर्ने कुरा उल्लेख गरिएको छ । नरेन्द्र वियोगीले संगीत संयोजन गरेको यो गीतलाई नरेन्द्रकै वेभ स्टुडियोमा रेकर्ड गरिएको हो ।

यो गीतको भिडियोमा खेलाडीदेखि विभिन्न पेसाका व्यक्तिहरूलाई समेटिएको छ । राष्ट्रिय महिला फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बा, सावित्री भण्डारीसहितको टोली, अग्रज खेलाडी दीपक विष्ट, सञ्चारकर्मी नरेश भट्टराईसहित विभिन्न व्यक्तिको अभिनय भिडियोमा देख्न पाइन्छ । भिडियोलाई युवराज वाइबा र दीपक कोइरालाले निर्देशन गरेका हुन् । निसाल पौडेल, ओम प्रसाईँ, सुजन दाहालको छायांकन रहेको यो गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन