बलिउड गायक जुबीन गर्गको सिंगापुरमा निधन

मुम्बई । सन २००६ मा रिलिज भएको बलिउड चलचित्र ‘ग्याङ स्टार’को ‘या अलि…’ गीतबाट त्यो वर्ष सर्वाधिक चर्चामा रहेका भारती गायक जुबीन गर्गको ५२ वर्षको उमेरमा निधन भएको छ ।

सांगीतिक कार्यक्रम प्रस्तुतिका लागि सिंगापुर गएका यी गायकको सिंगापुरमै शुक्रवार बेलुका निधन भएको हो । असमी गायक जुबीन स्कुबा डाइभिङमा थिए । सो क्रममा जुबीनमा अचानक श्वासप्रश्वासको समस्या देखियो । जुबीनलाई समुद्रबाट उद्धार गरी तत्कालै सीपीआर दिइएको थियो । तर उनलाई पुनर्जीवित गर्न सकिएन । अस्पताल लगेको लगत्तै सिंगापुर जनरल अस्पतालका डाक्टरहरूले उनलाई त्यसपछि मृत घोषित गरे ।

गायक जुबीनले शनिवार उत्तर पूर्वी महोत्सवमा प्रस्तुति दिने कार्यक्रम थियो । उनको निधनले त्यो कार्यक्रम सफल हुन सकेन । असम सरकारले उनको शवलाई भारत फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ ।

असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले दिएको जानकारी अनुसार जुबीनको सिंगापुरमा पोस्टमार्टम सम्पन्न भएको छ । अब उनको शव भारतीय अधिकारीहरूको निरीक्षणमा भारत ल्याइने पनि शर्माले बताएका छन् । असम सरकारले उनको असममा राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिने पन मुख्यमन्त्री शर्माले जानकारी गराएका छन् ।

जुबीनले सन १९९७ मा चलचित्र ‘पुरानी खबर’बाट बलिउड गायनमा डेब्यु गरेका थिए । उनले गाएको यो चलचित्र ‘कुछ तो कहो ना…’ गीतलाई दर्शकले रुचाएपछि उनी चर्चामा आएका थिए । सन २०००मा चलचित्र ‘फिजा’को ‘मेरा वतन…’ गीतबाट राष्ट्रिय स्तरमा चिनिएका उनले त्यसपछि ‘मुझे कुछ कहना है’, ‘अशोका’, ‘काँटे’, ‘मै प्रेमकी दिवानी हुँ’, ‘चुप्के से’, ‘मुद्दा’, ‘मुम्बई से आया मेरा दोस्त’, ‘प्लान’, ‘अग्निपथ’, ‘गुरु’, ‘मुसाफिर’ जस्ता थुप्रै चलचित्रमा गीत गाए ।

जुबीन गर्गले २००६ मा गाएको चलचित्र ‘ग्याङ स्टार’को गीत ‘या अलि…’ले उनलाई त्यो वर्ष राष्ट्रिय पुरस्कार समेत दिलाएको थियो । त्यसपछि उनी बलिउड चलचित्रमा व्यस्त बने । चलचित्र गायनसँगै उनले आफ्ना दर्जनौ असमी र हिन्दी गीतहरुको यलबम पनि ल्याएका थिए । असमी, बंगाली, बालिउडसहित १०० वटा भन्दा बढी चलचित्रमा गीत गाइसकेका उनले असमिया संगीतलाई नयाँ उचाइमा पु¥याएका थिए ।

उनको निधन प्रति , असम, बंगाली, बलिउड चलचित्रकर्मीदेखि संगीतकर्मीहरुले दुःख व्यक्त गरेका छन् । संगीत जगत् र उनका लाखौँ प्रशंसकहरूका गायक जुबीन गर्ग प्रति श्रद्धा सुमन अर्पण गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 264 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित