विश्वकप छनोट खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौँ। टी-२० विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले २०२६ को टी-२० विश्वकप खेल्ने एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ।

क्यानले शुक्रबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो। ररोहित कुमार पौडेलको कप्तानीमा घोषणा भएको टिममा दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित नारायण राजवंशी, गुल्सन झा र लोकेश बम समेटिनुभएको छ।

वेस्ट इन्डिजसँगको सिरिज खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका छन्। क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा छनोट प्रतियोगिताका लागि १५ खेलाडी समावेश टोली घोषणा भएको उल्लेख छ।

क्यानका अनुसार साहब वैकल्पिक खेलाडीका रूपमा रहनेछन्। टी-२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ।

तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान