जमिनको बिवादमा कुटपिट हुदा रौतहटमा १ को मृत्यु

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा सार्वजनिक जमिनको बिषयमा दुईपक्षबीच बिवाद हुँदा भएको कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।

आज आइतबार दिउसो फतुवा बिजयपुर नगरपालिका वार्ड नं. २ सितलपुरटोलमा रहेको सार्वजनिक जमिनको बिषयलाई लिएर भएको दुई पक्षिय कुटपिटमा सोही टोलका ६० बर्षिय शंकर साह बनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

कुटपिटबाट घाइते भएका बनियाको बारा स्थीत एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक गिरीले बताए । सोही गाउँका ५० बर्षिय कपिलदेव यादव, ४० बर्षिय बिनोद यादव र ६० बर्षिय शंकर साह बनियाँबीच जमिनको विषयलाई लिएर कुटपिट भएको उनले जानकारी दिए ।

झडपमा कपिलदेब यादबको ४० बर्षिय श्रीमती मिना देबी घाइते भएकी छिन । उनको बिरगंज स्थीत नेशनल मेडिकल कलेज बिरगंजमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न बिनोद भन्ने हरदेब यादब, ब्रहमदेब यादब, सुरेश यादब फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरी उपरिक्षक गिरीले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरिक्षक सुरेन्द्र यादवको नेतृत्वमा घटनाको सम्बन्धमा अनुसन्धान तथा कुटपिट गर्ने फरार मानिसहरुको खोजतलाश भइरहेको समेत उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

epaper

ताजा समाचार

२८ आश्विन २०८२