काठमाडौं । हमासले चार जना बन्धकको शव फिर्ता गर्ने सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम रहेको जनाएको छ । आज इजरायललाई फिर्ता गर्ने भनिएका चार जना बन्धकको शवमा नेपालका विपिन जोशीको नाम पनि रहेको हमासको सैन्य शाखाले पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ ।
सोमबार स्थानीय समय अनुसार दिउँसो १२ बजे अर्थात नेपाली समय अनुसार आज बिहान पौने ३ बजेसम्म फिर्ता गर्नुपर्ने युद्धविराम सम्झौतामा उल्लेख गरिएको छ। इजरायली सञ्चारमाध्यमहरूले प्रकाशित गरेको युद्धविराम सम्झौतामा उल्लेख भए अनुसार मृतक बन्धकहरूको संख्या करिब २८ जना हुन सक्ने अनुमान गरिएको छ ।
तर सो सम्झौता अनुसार हमास र अन्य प्यालेस्टिनी समूहहरूले तोकिएको समयभित्र सबै शव फेला पार्न नसकिने सम्भावना पनि रहेको देखिएको भनी बीबीसीले उल्लेख गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 407 times, 1 visits today)
सम्बन्धित समाचार







