चोरीका चार मोटरसाइकलसहित सात जना प्रहरी फन्दामा

राजविराज । सप्तरी प्रहरीले चोरीका चार मोटरसाइकलसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा नं. १० का शिवनन्दन यादव, वडा नं. ११ अजयकुमार यादव तथा सोही पालिकाको वडा नं. १५ का अनिलकुमार यादव, राजनारायण यादव, सचिन यादव र गजेन्द्र यादव छन् ।

यस्तै उदयपुरको बेलका नगरपालिका ९ का गणेश बहादुर विश्वकर्मा पनि पक्राउ परेका छन् । अघिल्लो दिन साँझ पक्राउ परेका उनीहरुलाई चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थपिएपछी सोमबार प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

प्रहरी नायब उपरिक्षक गौतमकुमार केसीले उनीहरुको साथबाट चोरीमा प्रयोग गरिने उपकरण तथा चोरीका चार वटा मोटरसाइकल बरामद भएको छ । बरामद मोटरसाइकल आवश्यक प्रक्रिया पश्चात् सम्बन्धित मोटरसाइकल धनीलाई बुझाउने उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डम्बर बहादुर पुरीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

जिल्लाको विभिन्न स्थानबाट पाँच वटा मोटरसाइकल चोरी भएको उजुरीको आधारमा खोजतलास कार्यलाई व्यापक बनाइएपछी चार वटा मोटरसाइकल बरामद गर्न सफल भएको प्रहरी नायब उपरिक्षक पुरीले जानकारी दिए ।

चोरी घटनामा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा सप्तरीका साथै आसपासका जिल्ला र सीमावर्ती भारतीय बजारसम्म पुगेर प्रहरीले चोर र चोरीका मोटरसाइकल पत्ता लगाउन सफल भएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

फोहोर व्यवस्थापन दीगो बनाउन महानगरको नयाँ सम्झौता