कपिलवस्तुमा भन्सार छली गरी ल्याइएका १२ लाखभन्दा बढीका सामानसहित दुई जना पक्राउ

कपिलवस्तु । भन्सार छलि गरी अवैधरूपमा भारतबाट नेपालतर्फ ल्याइएका सामानसहित दुई जना व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलीले कृष्णनगर नगरपालिका–७ यारमुनाबाट भारतीय सिमानाबाट ल्याइएका करिब रु. १ लाख २५ हजार ८०५ मूल्य बराबरका विभिन्न सामान बरामद गरेको जनाएको छ। पक्राउ परेकासँगै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगरमा बुझाइएको प्रहरीको जानकारीमा उल्लेख छ।

त्यसैगरी, जिल्लाको मायादेवी गाउँपालिका–४ गोरस सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले ना ५ ख ५५४२ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा करिब रु. ३ लाख ३५ हजार ८०१ मूल्य बराबरको बिल्डिङ नेमको सामान फेला पारेको जनाएको छ। साथै उक्त ट्रकमा रहेको करिब ५३० केजी पुरानो प्लास्टिकका टुक्रा (क्वाल्ड) र ट्रकको मूल्य रु. ८ लाख गरी कुल रु. १२ लाख ६० हजार ८०१ बराबरको सामान बरामद गरिएको हो।

पक्राउ परेका व्यक्तिहरू र बरामद सामानलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

epaper

ताजा समाचार

माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा