जनकपुरमा पिसिआर मेसिन फेरी बन्द

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा पिसिआर मेसिनबाट परीक्षण फेरी बन्द भएको छ । पछिल्लो पटक जडान गरिएको पिसिआर मेसिनले फरक नतिजा दिएपछि परीक्षण बन्द गरिएको हो । यसअघि राष्ट्रिय प्रयोगशालाले पठाएको पिसिआर मेसिनले भरपर्दो नतिजा दिन नसकेपछि नयाँ मेसिन जडान गरिएको थियो । तर यो पनि काम गरिरहेको छैन ।

वैशाख २४ गतेमा संकलित पत्रकारहरुको स्वाब परीक्षण गर्दा प्रादेशिक अस्पताल जनकपुरधामस्थित पिसिआर मेसिनले नेगेटिभ नतिजा दिएको थियो । तर, राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षण गरिँदा एकजना पत्रकारसहित दुईजनामा पोजिटिभ देखिएपछि पिसिआर मेसिन बन्द गरिएको प्रादेशिक प्रयोगशाला स्रोतले बताएको छ । ‘यहाँको पिसिआर मेसिनले सबै रिपोर्ट नेगेटिभ देखाएको थियो,’ प्रादेशिक प्रयोगशालामा कार्यरत एक कर्मचारीले भने, ‘तर, सोही स्वाब टेकुमा परीक्षण हुँदा दुईजनामा पोजिटिभ देखिएपछि तीन–चार दिनदेखि परीक्षण भएको छैन ।’ अब संकलन गरिएका स्वाब टेकु पठाइने उनले बताए ।

पहिलो पटक प्राविधिकहरुले जडान गरेपनि पछिल्लो पटक पिसिआर मेसिन जडान गर्न प्रयोशालाका निर्देशक डा. रुना झा स्वयं जनकपुरधाम पुग्नु भएको थियो । अर्को मशिन ल्याउने स्वास्थ्य मन्त्रालयसंग छलफल भइरहेको अस्पतालका अधिकारीहरुले बताएका छन । मशिनको समस्या हो वा जाँच्ने प्राविधिकको त्यो पनि स्वास्थ्य मन्त्रालयले जाँच गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत