लकडाउनमा काभ्रेमा २१ जनाले गरे झुण्डिएर आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेमा गत चैत्र ११ देखि जेठ ४ गतेसम्ममा ५८ वटा अपराधजन्य घटनाहरु दर्ता भएका छन् । घटना विवरण अनुसार लकडाउनको अवधिमा जिल्लामा ४२ जनाको मृत्यु भएको छ । चैत्र ११ गतदेखि जेठ ४ गतेसम्म जिल्लामा सबैभन्दा धेरै आत्महत्याको घटना घटेको कार्यालयको तथ्याङकले देखाउँछ ।

२१ जनाले झुण्डिएर आत्महत्या गरेको छन् । आत्महत्या गर्नेमा बृद्धदेखि बालबालिकासमेत रहेको पाइएको छ । झुण्डिएर आत्महत्या गर्नेमा ९ जना पुरुष, १० जना महिला र दुई बालिका रहेका छन् । त्यस्तैगरि ५ जना पुरुषले विष सेवन गरेर आत्महत्या गरेका छन् ।

लकडाउनको अवधिमा चोरी डकैती र अपराधिक घटनामा कुनै कमी आएको छैन । अपराधजन्य क्रियाकलापमा संलग्न २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोको महामारीको समयमा भएका आत्महत्या तथा अपराधजन्य गतिविधी र त्यसको अनुसन्धानलाई प्रहरीले तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार व्रिकम थापाले बताए ।

उनका अनुुसार प्रहरीले लकडाउन अवधीमा यस अघि भएका घटनामा संलग्न फरार अभियुक्त तथा अपराध नियन्त्रणमा बढाउनु पर्ने गस्ति र अनुसन्धानलाई तिब्र बनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरकी उम्मेदवार सिर्जना सिंहलाई प्रश्न : नेताको श्रीमती भएर सहजै टिकट पाउनुभएको हो ?