दुई निर्दयी आमा जसले आफैले जन्माएको जवाजत शिशु झोला र बरन्डामा फाले भागे

सुन्दरहरैंचा (मोरङ) । झापा र मोरङमा प्लास्टिकको झोलाभित्र र बरन्डामा फालिएका अवस्थामा नवजात दुई शिशु भेटिएका छन्। झापाको बुद्धशान्ति गाउँपालिका–७, सुनमाईस्थित एक घरको बरन्डामा अन्दाजी ४–५ दिनकी नवजात छोरी फेला परेकी छन्।

शनिबार बेलुका ताप्लेजुङ श्रिजंगा गाउँपालिका–७ का भाडावासी ओमप्रकाश तुमीहाङ लिम्बुले घरको बरन्डामा शिशु देखेपछि इलाका प्रहरी कार्यालय बुध’boutलाई खबर गरेका थिए । प्रहरी टोली र स्थानीयवासीले शिशुलाई उद्धार गरी प्रदेशीय अस्पताल भद्रपुर पुर्‍याइएका छन्। अस्पतालका चिकित्सकले शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। शिशु फाल्ने आमाको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यस्तै,सुनसरीको कोशी गाउँपालिका–८ शर्मा टोलमा नवजात शिशु (छोरा) प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा फेला परेको छ । शनिबार राति करिब ९ बजे विजय कुमार खत्वेले गाउँ छेउमा रोएको आवाज सुनिएको र हेर्न जादाँ नवजात शिशु भेटिएको हो। प्रहरी टोलीले स्थानीयको सहयोगमा शिशुलाई तत्काल कोशी हेल्थ केयर भण्टाबारीमा उपचारका लागि लगेको थियो ।

भर्खर जन्मिएको जस्तो देखिने शिशुलाई थप उपचारका लागि जिल्ला अस्पताल ईनरुवा पु¥याइएको र शिशुको अवस्था पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। शिशु कस्ले र किन फल्यो भने ’bout अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

epaper

ताजा समाचार

माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा