पिसाव फेर्न निस्केका साहको गोली प्रहार गरी हत्या

राजविराज । सप्तरीको बोदेबरसाईन नगरपालिका ८ निवासी रामदुलार साहको अज्ञात समुहले गोली हानी हत्या गरेका छन् । पिसाब फेर्न शनिवार राति २ बजेतिर निवास बाट बाहिर निस्केका ७२ बर्षीय साह माथी अज्ञात समुहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

घट्नास्थलमा डग स्क्वाडको प्रयोग गर्दै अनुसन्धान तिब्र

ढाँडमा दुईवटा गोली लागेका उनको घट्नास्थलमै मृत्युभएको वडाध्यक्ष बैद्यनाथ चौधरीले जानकारी दिए । उनी सन्त कबिरदासका अनुयायी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बर बहादुरपुरीले बताएका छन् ।

घटनास्थलबाट प्रहरीले प्रयोग भएको गोलीको दुई थान खोका र एक जोड चप्पल बरामद गरेको छ । बुहरी अनिताले राति २ बजेतिर घटना’bout थाहा पाएपछि पुग्दा ससुरा मृत अवस्थामा फेला परेको र तत्कालै प्रहरीलाई खवर गरेको सुनाईन ।

“स्थानियले करिब सवा २ बजे रातितिर हामीलाई खवर गरेका थिए, प्रहरी नायव उपरीक्षक पुरीले भने– तत्कालै टोली लिएर घटनास्थल पुगी आवश्यक अनुसन्धान थालेका छौ ।”

हत्याराको पहिचान चाँडो भन्दा चाँडो गर्नका लागि अनुन्धानका सबै पाटामा लागि परेको उनले सुनाए । सोही वडा निवासी साहको हत्यामा कसको संलग्नता छ भन्ने खुल्न सकेको छैन । यद्यपी आफन्तले गाउँकै परिचित व्यक्तिको संलग्नता हुनसक्ने अनुमान व्यक्त गरेका छन् ।

मृतकका भाई राजकुमार साहले गाउँमा लागेको मेला भरेर फर्किदा दाजु रामदुलारको हत्या भएको थाहा पाएको बताए । उनले दाजु रामदुलारको अंशको विषयलाई लिएर एक जना संग लामो समय देखि अदातलमा मुद्दा मामिला चलिरहेको जानकारी समेत दिए

प्रहरी नायव उपरीक्षक पुरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको छ ।

आइतबार नै घटनास्थमा डग स्क्वाड (तालिम प्राप्त कुकुर) को प्रयोग समेत गरिएको छ । त्यसबाट पनि केही संकेत फेला परेको र चाँडै अपराधी पक्राउ पर्ने प्रहरीको भनाई छ ।

यसैबीच घट्नाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत एउटाटोली जिल्ला आएको छ । अहिले जिल्ला र प्रदेश समेतका प्रहरी टोलीले आ–आफ्नो तरीकाले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

epaper

ताजा समाचार

माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा