सङ्खुवासभाबाट खैरो हिरोइनसहित ड्राइभर पक्राउ

सङ्खुवासभा प्रहरीले अवैध लागुपदार्थ खैरो हिरोइन एक जनालाई पक्राउ गरेको छ । उत्तर दक्षिण कोशी राजमार्ग अन्तरर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको मकालु गाउँपालिका–५ नुम बजार बाट बोलेरो गाडी सहित चालक पक्राउ परेका छन् ।

लागु औंषध खैरो हिरोइन सहित भोटखोला गाउँपालिका –४ का २३ बर्षीय सुरेश तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरक्षक रामकुमार लामिछानेले बताउनुभयो ।

सदरमुकाम खाँदबारीबाट भोटखोला तर्फ जाँदै गरेको को १ ज ३१६९ नम्बरको बोलेरो गाडी सहित चालक तामाङलाई शनिबार दिउँसो मकालु –५ नुम बजारबाट पक्राउ गरिएको निमित्त प्रहरी प्रमुख लामिछानेले बताउनुभयो । प्रहरीले बोलेरो चालक तामाङको साथबाट २० ग्राम ४ मिलिग्राम लागु औषध खैरो हिरोइन फेला पारेको थियो ।

बिशेष सुचनाका आधारमा नुम प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा गाडीमा लुकाइ छिपाई राखेको लागु औंषध खैरो हिरोइन र एक थान डिजिटल तराजु सहित तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

पक्राउ परेका चालक तामाङ सहित सवारी साधन नियन्त्रणमा लिएर थप अनुसान्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । जिल्लामा एक बर्षको अवधीमा आधा दर्जन ब्यक्ति लागु औषध सहित पक्राउ परिसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह