काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सचिव डा. संगीता मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार मिश्रविरुद्धको फाइल अदालतमा दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ।
डा. मिश्र केही साताअघि जेन जेड नेतृत्वको सरकार गठनपछि स्वास्थ्य मन्त्रालयमा सक्रिय हुन थालेकी थिइन्। उनको नाम स्वास्थ्य मन्त्रीको रूपमा समेत चर्चामा आएको थियो। तर, सरकारले स्वास्थ्य सचिवका रूपमा डा. विकास देवकोटालाई नियुक्त गरेपछि उनी बिदामा बसेकी थिइन्।
स्वास्थ्य मन्त्रीका रूपमा उनको नाम सार्वजनिक रूपमा चर्चामा आएपछि अख्तियारका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई ‘उनमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै भ्रष्टाचारको आरोप पत्र दर्ता हुनसक्ने’ जानकारी गराएका थिए। त्यसपछि अचानक उनको नाम मन्त्रीको सूचीबाट हटाइएको थियो।
अख्तियारले मिश्रमाथि स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा गरिएको खरिद प्रक्रियासँग सम्बन्धित अनियमितताको फाइलमा अनुसन्धान पूरा गरी मुद्दा दायर गरेको हो। प्रारम्भिक जानकारी अनुसार खरिदसम्बन्धी निर्णयमा सार्वजनिक पदको दुरुपयोग भएको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
सम्बन्धित समाचार
स्वास्थ्य बिमाको भुक्तानी रोकिदा भेरी अस्पतालको सेवा प्रवाहमा कठिनाई
कृष्णबहादुर महरा दिए इन्कारी बयान
बागमती प्रदूषणले समुदाय नै विस्थापित
केन्द्रीय समिति विघटन गर्न कांग्रेसमा दवाब
अर्थ मन्त्रालयले काट्यो वैकल्पिक राजमार्गको २५ करोडको बजेट
घुस रकमसहित वीर अस्पतालका लेखा अधिकृत अख्तियारको नियन्त्रणमा






