बझाङ । विद्युत सर्ट भएर छविसपाथीभेरा गाँउपालिका वडा–१ मा आगलागि भएको छ । सोमवार राति सुगालाका रमेश गिरीको घरबाट आगलागी सुरु भएको हो । राति ९ बजे सुरु भएको आगलागी बिहान ४ बजेतिर मात्र नियन्त्रणमा आएको थियो । आगोले घर र पसल जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी तथा प्रहरी निरीक्षक नेत्र बोहराले जानकारी दिए ।
घरमाभएको सुन चाँदी, अन्न भाँडा कुडा र लुगाकपडाका जलेर खरानी भएको स्थानीयले बताए । अन्य घरमा समेत सामान्य क्षति भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट कसरी भयो भन्ने विषयभने खुल्न सकेको छैन । यस’bout प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)






