बारा । नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोष तामाङको कार्यशैली प्रति प्रधानमन्त्री सम्म ध्यानाकर्षण बुझाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलमार्फत प्रहरी उपरीक्षकको कार्यशैली प्रति प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म नेपाल पत्रकार महासंघ बाराले ध्यानाकर्षण पत्र पठाएको हो ।
जिल्लाको विभिन्न नाकाबाट चल्दै आएको तस्करी, शान्ति सुरक्षाको ’boutमा समाचार लेख्दा पत्रकारहरूलाई डर, धम्की दिने, अनावश्यक निगरानी, मानसिक यातना दिने गरेको नेपाल पत्रकार महासंघले आरोप लगाएको छ । प्रहरीको पत्रकारहरु प्रतिको रवैयाको कारण ७०औँ प्रहरी दिवस विशेष कार्यक्रममा सहभागी नभइ सांकेतिक विरोध समेत गरेका थिए ।
पत्रकारहरु बिचको विवाद महासंघले निरुपण गर्ने ठाउमा प्रहरीले हस्तक्षेप गर्नु निन्दनीय रहेको आफ्नो मन्तव्य राख्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकिन्द्र पासवानले बताए । प्रहरी उपरीक्षक तमाङ्गले आफ्नो कार्यशैली सुधार गर्न खबरदारी गरेका छन् । यस्तै रवैया रह्यो भने कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।
पत्रकारहरुको विवादमा प्रहरी उपरीक्षकले रिसिभी साधन पत्रकारहरु माथि मुद्दा लगाई नजरबन्द गर्नु दुखद रहेको उनले बताए । पत्रकारको हकहितको लागि बनाइएको नेपाल पत्रकार महासंघ हुदा हुदै प्रहरीले हस्तक्षेप गर्नु निन्दनीय रहेको केन्द्रीय सदस्य पासवनले बताए । पत्रकारहरूको एक आपसको विवादमा प्रहरीलाई उचाली मुद्दा गराउनु, नजरबन्द गराउनु गलत रहेको उनले बताए ।
नेपाल पत्रकार महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझदै प्रमुख जिल्ला अधिकारी पौडेलले तुरून्तै मन्त्रालयमा ईमेल गरी पठाउने बताएका थिए । आफु पनि भर्खर आएकोले तिहार छठ पछि पत्रकारसंग बसेर विस्मृत छलफल गर्ने प्रतिवद्धता गरेका थिए ।






